विरोध गर्ने वैकल्पिक तरिकाहरू


विरोध गर्ने वा आफ्नो मागप्रति समर्थन गर्ने तरिकाहरूको कहिलेकाहिँ अभाव महसुस हुन्छ । केही दिन अघि यही विषयमा ट्वीटरमा केही महानुभावसँग मेरो छोटो संवाद भएको थियो । ५-६ वर्षअघि सडक रोक्ने गरी र्‍याली नगरेर हामीले फुटपाथको प्रयोग गरेका थियौँ (मैले थाहा पाएसम्म त्यस किसिमको पहिले र्‍याली थियो त्यो) । फुटपाथ पनि अवरोध गर्ननहुने भएपनि मोटरबाटो रोकेर गरिने विरोधभन्दा त्यो एक कदम सुधार नै थियो । बटुवाहरु मोटरबाटो प्रयोगकर्ताभन्दा कम दर्जाका नागरिक हैनन् । त्यसको केही समय अघि मात्रै ढुङ्गामुडा गरेर गरिएको विरोधले समाचारमा निकै प्राथमिकता पायो भने हाम्रो कार्यक्रमलाई धेरै कमले ध्यान दिए । समाजले पनि हिंस्रक विरोधलाई मात्र प्रोत्साहन गरेको कारण श्रृजनात्मक विरोधका तरिकाहरू लोकप्रिय हुन नसकेका होलान् ।

डा गोविन्द केसीको आन्दोलनको बेला फेरी आफ्नो अनुभव र सुझावको रुपमा विरोधका श्रृजनात्मक तरिकाहरूको अपूरो सूची प्रस्तुत गर्दैछु । मेरो विचारमा विरोध गर्दा दुई प्रमुख कुरा ध्यान दिनुपर्छ । पहिलो, आफ्नो विरोधको कारण असम्बन्धित र अनिच्छुक व्यक्तिलाई दु:ख हुनु हुँदैन । त्यस्तो काम त सरकारले गरिरहेको छ, सरकारजस्तै जनतालाई दु:ख दिने भए आन्दोलनकारीको नैतिक बल के ? दोश्रो, आफ्नो मुद्दाप्रति आफ्नै निष्ठा प्रदर्शन गर्न दु:ख आफैँले उठाउनुपर्छ । उदाहरणको निम्ति कार्यालय समयमा धर्ना दिने हैन, कार्यालयमा काम गरेर बचेको अतिरिक्त समय निकालेर धर्ना दिनु ठीक हो । सजिलो तरिकाले विरोध त कसले गर्न सक्दैन र ?

अनुत्तरदायि सत्ताधारी र शक्तिशालीहरु आफूलाई निकै महत्वपूर्ण ठान्छन् । उनीहरूको sense of humor निकै कमजोर हुन्छ । यिनलाई ठट्टा गरेको मनपर्दैन । विरोधको बरु बानी परिसकेको हुन्छ । यिनलाई हासोँको पात्र बनाएर गरिने नाटक, कार्टुन प्रकाशन, ठट्टा, पर्चा आदिले यिनलाई निकै रीस उठाउँछ । यिनलाई जिस्क्याएर पुरस्कार घोषणा पनि गर्न सकिन्छ, जस्तै बामदेव गौतमलाई कुनै सुशासन वा सबैभन्दा सदाचारी व्यक्तिको रुपमा सम्मान गर्नु वा चित्रलेखा यादवलाई नेपालको शिक्षा क्षेत्रलाई सुधार्न सबैभन्दा राम्रो योगदान दिएकामा नेपाली नोबेल पुरस्कार प्रदान गर्नु कम सानो विरोध होइन ।

वा एउटा ठट्यौलो कानुन पारित गरौँ । सो कानुनमा अहिले मेडिकल शिक्षा कसरी तहसनहस पार्न खोजिँदैछ भन्ने जनताले सजिलोसँग बुझ्ने प्रावधानहरू राखौँ ।

जोकरहरूको पोशाक लगाएका डाक्टरजस्ता व्यक्तिहरू अस्पताल भरि तैनाथ गरौँ र भनौँ, यही तरिका हो भने हाम्रा अस्पताल केही वर्षमा यस्तै हुनेछ, तपाईँलाई यस्तो नराम्रो उपचार हुनेछ ।

वसन्तपुर डबली भरी मरेका मानिसहरूको लाश सुतिरहेको झल्को आउने कला राखौँ, वा मान्छेहरूलाई मृत अभिनय गर्न लगाऔँ र भनौँ- यही तरिका हो भने खराब स्वास्थ्य सेवाको कारण भोलि हामी सबैको हालत यही हुने  ।

शक्तिशाली व्यक्तिहरु सहभागी कार्यक्रममा ठूलो संख्यामा जाऔँ र बीचमा सबैजना उठेर हिँडौँ । वा उल्टो फर्केर (ढाड देखिने गरी) उभिने वा बस्ने गरिदिऔँ । वा वक्ताको रुपमा बोल्न जाऔँ र विरोध स्वरूप ५ मिनेट माइक अगाडि केही नबोली बसिदिऔँ ।

डा गोविन्द केसी धर्ना बस्दा वहाँलाई समर्थन गरौँ । तर कक्षा बन्द गरेर, अस्पतालमा बिरामी चेक नगरेर हैन । बरु अतिरिक्त काम गरेर बिरामी चेक गरौँ ।

विरोध स्वरूप राती पनि अस्पताल चलाऔँ, र आउने बिरामी सबैलाई आन्दोलनको बारे बुझाऔँ- को प्रभावित हुँदैन ?

कार्यालय समय बाहिर (जस्तै ५ बजेपछि वा ८ बजेअघि) नै कार्यालय पुगेर धर्ना बसौँ, कालो पट्टी लगाऔँ । इमर्जेन्सीमा बिरामीको आवतजावत त भइनै रहन्छ, उनीहरूलाई अनुरोध गरौँ, पर्चा बाँडौँ, सडक नाटक गरेर कुरा बुझाऔँ ।

अन्य पेशाकर्मीले पनि त्यस्तै तरिका अपनाऔँ । जस्तै: अस्पताल बाहिर साङ्केतिक अपरेसन थिएटर बनाएर दैनिक स्वास्थ्य मन्त्रीको शल्यक्रिया गरेको अभिनय गरौँ ।

चिठिहरु बनाएर मानिसहरूलाई बाँड्न भनौँ । ती चिट्ठी आ-आफ्ना सांसदहरुलाई दिन भनौँ । हस्ताक्षर सङ्कलन गरौँ ।

अरु तरिकाहरू के के हुनसक्छन् ?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s