के सबै कुरा उतै बाट हुन्छ ? नेपालको हातमा केही छैन ?


कतै भारतको भुमिका बेगर नेपालमा केही सम्भव छैन भन्ने मान्यता स्थापित गराउने प्रयास स्वरूप नियोजित रुपमै त य यस्तो भइरहेको छैन ?

सुशील कोइराला प्रधानमन्त्री हुनु अघि काठमान्डुमा एउटा हल्ला चलाइयो । भारतलाई खुशी नपारेको हुनाले कोइराला प्रधानमन्त्री हुन सक्दैनन्, भए पनि टिक्नै सक्दैनन् । हालसालै कोइराला र ओलीले एउटा भारतीय पक्षको दबाब अनुसार संविधान निर्माण गर्न अस्वीकार गरे भन्ने समाचार पनि आए । यो कुरा सत्य-असत्य जे भएपनि भारतलाई खुशी नबनाएकोमा प्रधानमन्त्री हुनै नसक्ने भनिएका कोइराला प्रधानमन्त्री बनेनन् मात्र, अहिलेसम्म टिकिरहेका पनि छन् । नेपाली सरकारहरू टिक्ने औसत समयभन्दा धेरै उनको सरकार टिक्छ पनि होला । सरकार टिक्नु मात्रै त ठूलो कुरा होइन । तर यहाँ विषय सरकार टिक्नु होइन, सरकार बन्ने सम्भावनाकै निम्ति पनि पहिले भारतको अगाडि लम्पसार पर्नुपर्छ भन्ने मान्यता जबर्जस्ती स्थापना गर्ने प्रयास बारे हो ।

अहिले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणको प्रसङ्गमा पनि यस्तै कुरा उठेका छन् । भट्टराईले किन अलिकति पनि हिचकिचाहट नराखी खुलेआम भारतको हस्तक्षेप मागिरहेका छन् ? नेपालबाट भारतीय हस्तक्षेप निम्त्याउन धेरै पार्टीका धेरै नेता दिल्ली धाउँछन् । पहिले अलि लुकाउने प्रयास त गर्थे । तर भट्टराईले एउटा स्वतन्त्र राष्ट्रको प्रतिनिधिलाई कत्ति पनि शोभा नदिने गरी आफ्ना आन्तरिक राजनीतिक प्रतिद्वन्द्वी बारे भारतमा किन सार्वजनिक वक्तव्यबाजी गरिरहेका छन् ? लुकाउने प्रयास पनि नगरी खुल्लमखुल्ला आफू भारतसँग गुहार गर्न र भारतको आशीर्वाद प्राप्त गर्न दिल्ली भ्रमण गरेको देखाउन चाहनुको उद्देश्य के हो ?

कुनै डरलाग्दो गोप्य कार्य लुकाउँदा त्यसको कुनै महत्त्व नहुन सक्छ तर सोही विषयको चर्चा  षडयन्त्रका रूपमा हुँदा त्यसले मानिसमा डर र निरीहताको भावना जगाउन सक्छ। आफ्नो वशमा केही पनि रहेनछ, सबै षडयन्त्र रहेछ भन्ने लाचार भावनाले मानिसलाई राजनीति, क्रिया र विवेचनात्मक सोचबाट पर हुन प्रोत्साहित गर्छ । कतै त्यस्तो डर, निरीहता र अकर्मण्यता जगाउने उद्देश्यले यस किसिमको अभियान त चलाइएको होइन ? र भारतको भुमिकाको विरोधको नाममा अतिरञ्जना गरेर नेपालको हातमा केही छैन भनेर स्थापित गर्न खोज्नेहरू कतै सोही अभियानमा संलग्न त छैनन् ?

हामीकहाँ भएका सबै राजनीतिक परिवर्तन, सबै सत्ता फेरबदल र सबै साना-ठूला कार्य हरू कुनै विदेशी संस्था वा देशको चाहनामा भएका हुन् र तीबिना यी केही पनि सम्भव हुने थिएनन् भन्ने आशयका विचार, लेख र किताबहरू अचेल  बजारमा यत्र तत्र छन्। अनौठो त के छ भने त्यस्ता खुलासा गर्नेहरू स्वयंले ती घटना हुँदै गर्दा त्यसको जानकारी कहिल्यै गराएनन्, त्यसो गर्न सक्ने स्थितिमा भए पनि। त्यस्ता लेख र पुस्तकले कति खुलासा गर्न सक्छन्, ती  खुलासा पाठकका पक्षमा हुन्छन् वा अरू कसैका पक्षमा, र ती कति वस्तुगत हुन सक्छन् भन्ने विषयमै सन्देह रहन्छ ।

कतै भारतको भुमिका बेगर नेपालमा केही सम्भव छैन भन्ने मान्यता स्थापित गराउने प्रयास स्वरूप नियोजित रुपमै त य यस्तो भइरहेको छैन ?

त्यसकारण होला सुशील कोइराला प्रधानमन्त्री हुँदैनन् भनेर भविष्यवाणी गर्नुपरेको । वा यस किसिमका अभिव्यक्ति धेरै सुनिन थालेको: ‘हाम्रो हातमा केही छैन, हामी केही गर्न सक्दैनौँ। सबै उतै (भारत)बाट हुन्छ। हाम्रा प्रधानमन्त्रीले गृह मन्त्रालयका चिट्ठीपत्र हेर्ने कर्मचारीलाई समेत केही गर्न सक्दैनन् किनभने तिनी पनि उतै बाट परिचालित छन्।’

भारतमा यसअघि कहिल्यै नदेखिएको यो स्तर, आत्मविश्वास र खुलेआम रुपमा भइरहेको भट्टराईका कृयाकलापलाई पनि यसै रुपमा प्रश्न गर्नु आवश्यक छ । तर हाम्रो राजनीति र हाम्रा समस्याहरूको समाधान हामीसँगै छ । यो विश्वास मरेर सजग हस्तक्षेप गर्न छोडेको दिन र आफ्ना देशका कामहरूमा सहभागिता जनाउन छोडेको दिन भने हाम्रो हातबाट सो लगाम छुट्न कत्ति पनि गाह्रो छैन ।


यो ब्लग नेपाल साप्ताहिकको अंक ६०२ (२०७१ असार १५) मा प्रकाशित मासिक स्तम्भ टिस्टुङ् देउराली को लेख “हामी कति स्वतन्त्र ?” लेखमा आधारित छ । सो लेख पढ्न यो लिङ्कमा क्लिक गर्नुहोला


Advertisements

One thought on “के सबै कुरा उतै बाट हुन्छ ? नेपालको हातमा केही छैन ?

  1. बाबुरामलाई दनक दिन मात्र भए त ठिकै हो मित्र । नत्र भारतले १२ वूदे गराएर गणतन्त्र ल्याउंदा तपाई हाम्रो स्वाभिमान कता थियो, राष्ट्रवाद कहां थियो ?

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s