सामाजिक सञ्जालको राजनीतिक ध्रुविकरण- मेटा विश्लेषण


“सामाजिक सञ्जालमा राजनीतिक ध्रुविकरण” विषयमा लेखिएको लेखकै प्रतिक्रियामा पनि चरम ध्रुविकरण देखिएको छ

यो हप्ता ट्विटरमा चर्चित नेपाली समाचार माध्यमका सबैभन्दा लोकप्रिय लिङ्कहरु कुन-कुन थिए ?

  1. सेतोपाटिमा विजयकुमारको “मुख्य प्रशासक गणतन्त्रभन्दा माथि?”
  2. कान्तिपुरमा रवीन्द्र मिश्रको “नयाँ शक्ति”बारे लेख
  3. नेपाली क्रिकेट टोलीलाई “कान्तिपुर आइकन” रोजिएको समाचार
  4. काठमान्डु पोष्टमा जगन्नाथ लामिछानेको “दिपीका पाडुकोनलाई खुलापत्र”
  5. काठमान्डु पोष्टमा कशिष श्रेष्ठको तेल सम्बन्धि लेख
  6. काठमान्डु पोष्टको दलित महिलाले सडक बनाउन गहना बेचेको समाचार
  7. नेपाल साप्ताहिकमा मेरो लेख “नेपाली सामाजिक सञ्जालको नक्शा”
  8. सेतोपाटिमा राजेश केसीको कार्टुन
  9. नेपाली टाइम्समा हिमालयमा कालो कार्बन घटाउनेबारे लेख
  10. नेपाली टाइम्समा साहसीक पर्यटनबारे लेख

यी मध्ये ७ नम्बरको मेरो लेख केहि दिनदेखि अनलाइनमा पढ्न नमिलेको कुरा पाठकले जानकारी गराउनुभएको छ । अन्य लेख जस्ताको तस्तै छन् । अनलाइनमा लेख पढ्न नमिलेकाले धेरै पाठकहरुले लेखको तस्विर वा नक्शाको तस्विर भएको ट्विट प्रयोग गर्नुभएको थियो । तस्विरको लिङ्क वाला ट्विटमा चर्चित समाचार माध्यमका लिङ्क प्रयोग नभएकोले तिनलाई लाई माथिको तालिका बनाउन प्रयोग गरिएको छैन ।

नेपाली सामाजिक सञ्जालको नक्शा
नेपाली सामाजिक सञ्जालको नक्शा (पूर्ण आकारको नक्शा हेर्न माथिको तस्विरका क्लिक गर्नुहोला)

राजनीतिक ध्रुविकरणको बारे मेरो लेखप्रतिको प्रतिक्रिया चाहिँ कस्तो रह्यो त ? मेरो व्यक्तिगत अनुभवमा सुमन खड्का, ईन्द्रध्वज क्षेत्री, गुणराज लुईँटेल, र कुन्द दिक्षित ले यस लेखलाई निकै sportingly ग्रहण गर्नुभयो । मेरो नक्शा अनुसार क्षेत्री गुलाबी र बाकिँ सबै हरियो वा पहेँलो समुदायमा हुनुहुन्छ । गुलाबी समुदायका अनिल भट्टराई र मल्लिका शाक्यले पनि लेखबारे छलफल र चासो देखाउनुभयो । हरियो र पहेलोँ समुदायका केहि अरु सदस्यले पनि लेखको विषय महत्वपूर्ण भएकोले थप छलफल हुनुपर्ने विचार गर्नुभयो । लेखको लिङ्क share गर्नेहरुमा आश्चर्यजनक रुपमा रातो समुदायका व्यक्तिहरुको उपस्थिति न्यून र शून्यप्राय रह्यो । शेयर गर्नेहरु १-२ जना पनि रातो समुदायका सक्रिय सदस्य हुनुहुन्थेन । नक्शा तस्विरमा देखाइएको छ ।

जुन विषयमा लेख लेखेको यो, यो मेटा विश्लेषनबाट पनि सोही तथ्य देखिन पुगेको छ । राजनीतिक ध्रुविकरणको बारेमा लेखिएको लेखकै प्रतिक्रिया पनि ध्रुविकरणलाई पुष्ट्याउने किसिमकै आयो । लेखको विषयको सान्दर्भिकतालाई यसले झन् पुष्टि गरेको देखिन्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s