माघ १९ र फागुन १ को सम्बन्ध


नेपाल साप्ताहिकको अंक ५८३ (२०७० फाल्गुन ४) मा प्रकाशित मासिक स्तम्भ टिस्टुङ् देउराली को लेख “खेर गएका बीस वर्ष” को अंश । पुरा लेख पढ्न यो लिङ्कमा क्लिक गर्नुहोला


‘१९ माघ’ गलत भनेर बुझ्न र त्यसलाई सच्याउन हस्तक्षेप नै गर्नुपर्ने निष्कर्षमा पुग्न धेरै समय नलगाएको नेपाली समाजले १ फागुनका बारे भने अहिलेसम्म प्रस्टता प्रदर्शन गरेको छैन।

‘१९ माघ’को सम्झना गरेको केही दिन हुँदा नहुँदै १ फागुन पनि आयो र गयो । यी दुई मिति नजिक हुनु संयोग भए पनि यीसँग सम्बन्धित घटनाबीचको सम्बन्ध संयोगभन्दा बढ्ता हुनसक्छ । एउटा राजाले शासन-सत्ता आफ्नो हातमा लिएको दिन र अर्को तत्कालीन नेकपा-माओवादीले सशस्त्र विद्रोह थालेको दिन ।

इतिहास, घटना, स्थान र मानव-स्वभावजस्ता केही तत्त्वहरू पृष्ठभूमिमा स्थायी रूपमा रहे पनि पात्रहरूको पहलका कारण समाजमा गति, परविर्तन, विकास, आशा र सकारात्मकता सम्भव हुने हो। पात्रहरूको अठोट र पहलबिना दुर्घटना रोक्ने, नकारात्मक प्रवृत्तिलाई हराउने र खराब उद्देश्य पूरा हुन नदिने कार्य पनि सम्भव हुँदैन। सकारात्मक उद्देश्य जोगाउन केवल इच्छा वा आधा-मनले गरिने समर्थन पर्याप्त नहुन सक्छ। खराब तत्त्वलाई रोक्न कुनै अवरोध खडा नगर्ने निरपेक्ष र तटस्थ किसिमको प्रयासले उल्टै खराब प्रवृत्तिलाई सहयोग गररिहेको हुन्छ। त्यस कारण पात्रहरूको पहल मात्र होइन, कहिलेकाहीँ पूरै बल लगाएर गरनिे हस्तक्षेपकै आवश्यकता पर्छ। त्यस्तो हस्तक्षेप यस्तो हुन्छ कि जसमा पक्षधरता लुकाउन खोजिने होइन, प्रस्टसँग देखाइनुपर्छ। तर, त्यसका निम्ति केलाई सकारात्मक र केलाई नकारात्मक मान्ने, स्पष्ट हुनुपर्छ। दुर्भाग्य, २० वर्ष खेर गइसक्दा पनि हामीले त्यसतर्फ केही पहल गरेका छैनौँ।

King Gyanendra, Feb 1 (Magh 19)
King Gyanendra, Feb 1 (Magh 19)

१९ माघ

राजा ज्ञानेन्द्रले १९ माघमा कू गरसिकेपछि त्यो काम गलत भएको र त्यसलाई रोक्न आवश्यक भएको भन्ने बुझ्न नेपाली समाजका मुख्य पात्रहरूले ढिलो गरेनन्। भलै आधारभूत सुविधाहरू खोसिदिएर नागरकिलाई निजी जीवनका निम्ति के सही र के गलत छुट्याउन सरकार स्वयंले सहयोग गरििदएको थियो। सेन्सरसीप र धरपकडका साथै सत्ताधारीहरूको अभद्र, भ्रष्ट र अमर्यादित आचरणले बलियो आवाज भएको मिडिया, नागरकि समाज र पेसाकर्मीहरूलाई पनि एकाएक हस्तक्षेप अत्यावश्यक भएको निष्कर्षमा पुग्न सजिलो बाटो बनाइदियो। एक समय नेपालको अस्तित्त्व र प्रतिष्ठाका निम्ति आवश्यक रहने गरेको राजतन्त्र १९ माघसम्म आइपुग्दा आफ्नै निम्ति हानिकारक बनिसकेको रहेछ।

‘१९ माघ’ गलत भनेर बुझ्न र त्यसलाई सच्याउन हस्तक्षेप नै गर्नुपर्ने निष्कर्षमा पुग्न धेरै समय नलगाएको नेपाली समाजले १ फागुनका बारे भने अहिलेसम्म प्रस्टता प्रदर्शन गरेको छैन। माओवादी नेतृत्वको यस अर्थमा प्रशंसा गर्नैपर्ने हुन्छ कि आफूले चाहेको उद्देश्य पूरा गर्न उसले जे-जे गर्नुपर्ने हो, त्यसमा राम्रै सफलता पाएको छ। ज्ञानेन्द्र शाहसँग आफ्ना कदमहरूको पुनःविचार गर्ने सुविधा हुँदो हो त उनले माओवादी नेतृत्वका सफलताबाट पक्कै प्रेरणा लिने थिए।

Maoists of Nepal
Maoists of Nepal

एकातिर माओवादी नेताहरू लगातार सार्वजनिक माध्यमबाट सहरी र मध्यम-वर्गीय आकांक्षालाई सम्बोधन गररिहेका थिए। अर्कातिर राजा ज्ञानेन्द्रले सुरक्षा-संयन्त्र र आफू नजिकका म्याद गुजि्रएका व्यक्तिहरूको बलमा नयाँ पुस्ता, मध्यम वर्ग र सहरी विचार-निर्माताहरूलाई नराम्रोसँग चिढ्याउने काम मात्रै गरे। बेलाबेलामा बुर्जुवा, सुकिला वा कुलीन भनेर जतिसुकै भँडास पोखे पनि व्यवहारमा आफूहरूप्रति युवा, सहरयिा र मध्यम वर्गको धारणाबारे माओवादी पंक्तिजति चिन्तित सायदै अरू कोही होला। विद्रोहकालमा सफल साबित भएको यो तरिका अभ्यासको विस्तार शान्ति प्रकियापछि झन् सहज हुन पुग्यो। चुनावी हारको समीक्षाका क्रममा यसपटक पार्टीभित्र भएको छलफलमा सहरी र मध्यमवर्गीय मतदाताबारेको बुँदा प्रस्टैसँग उठेको थियो। त्यस्तै पार्टीबाहिरका विचार मिल्नेहरूसँग ‘अन्य माध्यम’बाट गर्न खोजिएको सम्बन्ध-सुधारको प्रयास पनि सोही अभ्यासको निरन्तरताको हो।

विद्रोहकालमा माओवादी नेतृत्वका लेख-रचनाहरूमा बारम्बार ‘मध्यमवर्गीय बुद्धिजीवी मित्रहरू’ ‘सहरिया बुद्धिजीवी मित्रहरू’ र आफूलाई ‘प्रबुद्ध, संवेदनशील, स्वाभिमानी, जिम्मेवार नागरिक’ ठान्ने सबैलाई सम्बोधन गरिएको हुन्थ्यो। तिनमा आफूहरूले त्यस बेलाको भन्दा बढी स्वतन्त्रता र विकास ल्याउन चाहेको हुँदा समर्थन गर्न आग्रह गरिएको हुन्थ्यो। त्यस्तै कहिले यति हिंसात्मक घटनाहरू हुँदा पनि काठमाडौँले संवेदनशीलता देखाएन भनेर एक किसिमले राजधानीका विचार-निर्माताहरूलाई हस्तक्षेपका निम्ति उक्साउने प्रयास गरिएको हुन्थ्यो। भर्खर खुला हुँदै गरेको समाजमा आकार ग्रहण गर्दै गरेको र भूमिका खोजिरहेको नागरिक समाजलाई पक्कै यसले फुरुक्क पार्‍यो होला। आफ्नो पहलले झन् बढी स्वतन्त्रता ल्याउन सहयोग हुन लागेपछि अनपेक्षित रूपमा महत्त्व पाएका ‘बुद्धिजीवी’हरूले सायद आफ्नैबारे अधिक स्वमूल्यांकन पनि गरे होलान्। संस्थागत भइनसकेको प्रजातान्त्रिक व्यवस्था र त्यस अन्तर्गतको अपरपिक्व नागरकि समाजलाई आजको विन्दुबाट दोषारोपण गर्न धेरै गाह्रो छैन। तर, प्रश्न के आफूलाई महत्त्व दिने समूहलाई नचिढ्याने अभिप्रायले मात्र १ फागुनबारे कुनै हस्तक्षेप आवश्यक नठानिएको हो ? वा पहिलेजस्तै अपरपिक्वताको निरन्तरता हो ? दुवै कारण हो भने २० वर्षमा हामीले देखेका भौतिक र मानवीय क्षतिभन्दा बढी डरलाग्दो क्षति यही हो।

१ फागुन

१९ माघ र १ फागुन किन अन्तरसम्बन्धित छन् भने एउटाको अनुपस्थितिमा अर्काेले विरलै जीवन पाउँछ। एउटा समूहले कट्टर माग र हिंसात्मक कार्य सुरु गरेपछि अरू समूहहरूमा पनि आफू चुप बसे समाप्त भइने डरले अझ कट्टरता बढाउँछ। यही चक्रमा परेर पूर्वयुगोस्लाभियामा वर्षौं जातीय युद्ध चल्यो र देश टुक्रा-टुक्रा भयो। अफगानिस्तानमा सोभियत कम्युनिस्ट अतिक्रमणको सामना गर्ने मागले उत्तिकै बलियो विपरीत धु्रवको तालिवान जन्मायो। कट्टरपन्थीहरूको लडाइँमा बीचमा रहेका मध्ममार्गी र मैत्रीपूर्ण स्वर दबिएर, हराएर जान्छन्। प्रायः हरेक समाजमा जिम्मेवार, समझदार र समाधानमुखी मध्यमार्गीहरू हुन्छन्। तर, तिनले समयमा हस्तक्षेप नगर्दा र ढिलो भइसक्दा पनि तटस्थता अपनाउँदा एउटा कट्टरपन्थले अर्को कट्टरपन्थ उब्जने र हिंसाको डरलाग्दो दुश्चक्रमा फसेका यस्ता उदाहरण धेरै छन्।

१९ माघ र १ फागुनबीचको यही नजिकको सम्बन्धबारे नेपाली समाजले आफूलाई सजग नबनाएकै कारण होला, अझै धार्मिक, जातीय र राजनीतिक अतिवादहरूको खतराबाट देश मुक्त हुन नसकेको। एउटा उदाहरण हालैको चुनावमा देखिएको धर्मवादी पार्टीप्रति बढेको आकर्षण हो। माथि छलफल गरेजस्तै आफूविरुद्ध अतिवादी स्वरहरू बढ्न थालेपछि सुरक्षाका लागि विरोधी समुदायले उस्तै अतिवादी संगठनको सहारा खोज्ने गर्दछ। फेरि त्यो अतिवादी संगठन बलियो भयो भने अर्कोले झन् असुरक्षा महसुस गरेर अझै उग्रता प्रदर्शन गर्न सक्छ। यो चक्र खराब र हानिकारक हो भन्ने थाहा भएका समाजका अरू पात्रहरूले बेलैमा हस्तक्षेप गरेनन् भने फेरि २० वर्षपछि ‘यदि’ र ‘तर’हरूको सहारामा गुमेका सम्भावनाहरूबारे पछुतो गर्नुपर्ने हुन्छ।

१ फागुनले प्रतिनिधित्व गर्ने माओवादी सशस्त्र विद्रोह सही थियो भनेर नेपाली समाजले मानेको भए आज मोहन वैद्य समूहले उस्तै प्रकृतिका माग र क्रियाकलाप गर्दा उसले खासै महत्त्व नपाउने स्थिति सिर्जना हुँदैनथ्यो। ड्यास माओवादीले चुनावअघि गरेका क्रियाकलाप, हिंसा र अवरोधहरूको एकै स्वरले विरोध भयो। उसको बन्द आह्वानलाई जनताले फुस्सा बनाइदिए भनेर बुद्धिजीवी कहलिएको सहरिया मध्यम वर्ग र मिडियाले पनि प्रस्टसँग भन्यो, तटस्थता देखाएन। चुनावमा देखिएको नतिजाको एउटा व्याख्या यो पनि हुन सक्छ कि नेपाली समाजले शान्त रूपमा भित्रभित्रै १ फागुनले प्रतिनिधित्व गर्ने प्रवृत्तिलाई अस्वीकृत गरेको छ।

तर, समाजको विचार निर्माणमा भूमिका खेल्ने तप्काले प्रस्ट र देखिने रूपमा कुनै हस्तक्षेप र दिशानिर्देशको प्रयास नगरेको हुँदा यो अस्वीकृति मूर्त भइसकेको छैन। यसै कारण १ फागुनका धार्मिक, जातीय र अन्य अवतारहरूको खतरा विद्यमानै छन्। राष्ट्रको रूपमा १९ माघबारे जस्तै १ फागुनबारे पनि प्रस्ट नहुने हो भने हामीसँग आउने दिनहरूमा चाहिने सकारात्मक पहलको निम्ति ऊर्जा हुने छैन। सकारात्मक र नकारात्मकबीच रोज्ने तथा बलियो हस्तक्षेप गर्ने कि आधा मनको समर्थन र तटस्थता अपनाउने भन्ने प्रश्न फेरि तेर्सिंदा हाम्रो अकर्मण्यताले खराब तत्त्वको जित सहज बनाउनेछ।

Advertisements

One thought on “माघ १९ र फागुन १ को सम्बन्ध

  1. Reblogged this on अराजकको गफ and commented:
    ‘१९ माघ’ गलत भनेर बुझ्न र त्यसलाई सच्याउन हस्तक्षेप नै गर्नुपर्ने निष्कर्षमा पुग्न धेरै समय नलगाएको नेपाली समाजले १ फागुनका बारे भने अहिलेसम्म प्रस्टता प्रदर्शन गरेको छैन।

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s