असमान रुपमा समावेशी नेपाल


नेपाल साप्ताहिकको अंक ६१७  (२०७१ कार्तिक २) मा प्रकाशित मासिक स्तम्भ टिस्टुङ् देउरालीको लेख “सुपर नागरिकहरूको एकलौटी” बाट साभार । पुरा लेख पढ्न यो लिङ्कमा क्लिक गर्नुहोला


माथिल्लो तहमा त नेपाल यति समावेशी थियो कि नेपाली मात्र होइन, छिमेकी देशबाट आएका व्यापारीसमेत केन्द्रीय शक्तिको अति निकट हुन पाएका थिए। ती अद्यापि लाभान्वित नै छन्। बरू तराईका रैथाने मधेसी वा पहाडीको चासो र आवाज सुन्न निकै गाह्रो छ।

पहिलो संविधानसभाको अन्त्यतिर संघीयतामा सहमति बनेर लागू हुनै लाग्दा त्यसलाई स्वीकार्न नहुने केही तर्क आए। राजनीतिशास्त्री कृष्ण हाछेथुले लेखे, ‘प्रस्तावित प्रदेशहरूमा खस समुदायको संख्या बलियो हुँदा गैरखसले  कहिल्यै चुनाव जित्दैनन्। त्यस कारण संघीयताको उक्त खाका स्वीकार्नै हुँदैन।’ त्यसपछि पत्रपत्रिकामा लेख लेखिरहने र टीभी-रेडियोमा छाइरहने केही विद्वान्को समूहले माओवादी र मधेसवादी दलका नेताहरूलाई भेटेर त्यस्तै तर्क  गरेर सहमति बनिसकेको संघीयताको खाकामा सम्झौता गर्दै नगर्न दबाब दिए।

201410197586-600x0
स्केच: रवीन्द्र मानन्धर

दोस्रो संविधानसभा फेरी िसंघीयताकै प्रश्नमा अल्भिएको छ। तर, प्रश्न के हुन् र उपलब्ध रोजाइहरू के के र किन हुन् भन्नेमा कतै छलफल देखिँदैन। हाछेथुले अकाट्य नियमजसरी ठोकुवा गरे पनि गत संविधानसभाको चुनावमा आएको परिणामले प्रमाणित गरेको छ कि चलेका बुद्धिजीवीहरू यहाँको धरातलीय यथार्थभन्दा निकै परको दुनियाँमा छन्। जनजातिले जनजातिलाई र मधेसीले मधेसीलाई मात्रै भोट हाल्छन् भन्ने भविष्यवाणी नेपालमा चरम जातीय विभाजन एवं घृणा छ र यो सुल्भिनै नसक्ने एक मात्र समस्या हो भन्ने भ्रम छरिएको छ तर वास्तविकता के हो भने कुनै पनि मान्छे जातबाहेक आर्थिक-सामाजिक वर्ग, आस्था, शिक्षा, पेसा, भूगोल, मित्रता, सम्बन्ध आदि अनेक बहुआयामिक पहिचानले बनेको हुन्छ। मधेसी समुदायमै हिन्दु राष्ट्रका पक्षधर पनि छन्। जनजाति समुदायमै पनि सैनिक तानाशाहीबिना समस्या समाधान हुँदैन भन्नेहरू छन् भने खस समुदायमै महन्थ ठाकुर र प्रचण्डको गठबन्धनबाट मात्रै क्रान्ति  सम्भव छ भन्ने प्रशस्तै छन्। समुदायहरूबीच जति फाटो ल्याउने प्रयास भए पनि केही उग्र तत्त्वले मिसाएको तिक्तताबाहेक नेपाली समाज सहिष्णु छ।

निरंकुश शासन हुँदा फाइदा पाउने थरहरू थापा, पाण्डेजस्तै मण्डल, सिंह, मोहसिन, लावती, राजभण्डारी, प्रधान, गुरुङ, शेरचन र थारू पनि थिए। माथिल्लो तहमा त नेपाल यति समावेशी थियो कि नेपाली मात्र होइन, छिमेकी देशबाट आएका व्यापारीसमेत केन्द्रीय शक्तिको अति निकट हुन पाएका थिए। ती अद्यापि लाभान्वित नै छन्। तराईका रैथाने मधेसी वा पहाडीको चासो र आवाज सुन्न बरू निकै गाह्रो छ। तर, नेपालका पहाडीसँग विवाह गरेका पूर्वभारतीय वा केन्द्रीय शक्तिको नजिक रहिआएका तिनकै तेस्रो पुस्ता मधेसको एक्लो प्राधिकारझैँ देखिन्छन्, भलै मधेससँग उनीहरूको कुनै साइनो नरहेको होस्। ‘सुपर नागरकि’हरू जुनसुकै जातका हुन्, तिनका लागि  नेपाल निकै समावेशी र अवसरले भरिपूर्ण छ। कुनै उत्पादक काम नगरी दिनरात सिद्धान्तका गुड्डी हाँक्नुलाई नै आफ्नो पेसा बनाउनेका निम्ति निकै उर्वर छ नेपाल। राज्य वा निजी स्रोत त्यस्ता गुड्डी हाँक्ने कामका निम्ति सजिलै उपलब्ध छ। तर, नागरकिका अति आवश्यक चासो र आवश्यकता पूर्ति हुन ती कहिल्यै काम लागेका छैनन्।

अनावश्यक विषयको उठान, असभ्य आरोप-प्रत्यारोप र आधारहीन विषयमा अल्भिएर हामी नागरकिका वास्तविक चासोहरू सम्बोधन गर्ने मौका गुमाइरहेका छौँ। सुपर नागरकिहरूको एकछत्र कोलाहलले मूलधार ओगटेकाले वैकल्पिक र  नागरकि केन्द्रित समाधानमा बहस हुनै नदिने वातावरण बनाइएको छ। वर्षौंदेखि विचार निर्माणको तह र शक्तिको नजिक रहेका यी सुपर नागरकि यतिका वर्षपछि पनि समस्याका सबै दोष अरूलाई देखाएर आफू भने पानीमाथिको ओ भानोजस्तो गरी अझै उही आत्मविश्वासका साथ गुड्डी हाँकिरहेका छन्।

हाम्रै मनोविज्ञानका कारण र हामीले नै हुर्काएका यी प्रवृत्तिले पहिलो संविधानसभा असफल भयो। चलेका विद्वान्हरूको भविष्यवाणी र धरातल त देखियो नै, उनीहरूको भर पर्दा के हालत हुने रहेछ भन्ने कुरा एमाओवादीले भोगेको निर्वाचन  परिणामले पनि देखाएको छ। पाठ सिक्न नसके अर्को चुनावमा अहिले सफल भएका दलहरूको हालत पनि फरक हुने छैन।

संविधान र संघीयतासम्बन्धी कुनै प्रमाण र आधार नभएका तर्क तथ्यजस्तै प्रस्तुत गर्दा पनि यी सुपर नागरकिले कुनै मूल्य चुकाउनुपर्दैन। मुलुकको अमूल्य समय अर्थहीन सिद्धान्त र असभ्य बहसहरूमा अल्झेर खेर जाँदा पनि  यिनलाई फरक पर्दैन। जेसुकै भए पनि कतै आकाशतिर फर्केर अस्पष्ट र अपरभिाषति दुस्मनहरू कल्पना गर्दै, गाली गर्दै पत्रिकाका पानाहरू र टीभी-रेडियोका फ्रिक्वेन्सीहरू ओगट्न यिनले पाइरहेकै छन्। दुःख पाउने हामी, हाम्रा  परविार र सन्ततिले हो। चाहे जुनसुकै जात र समुदायका किन नहोऔँ !

डोटी, कोसी, डोल्पा, अन्नपूर्ण, गंगामाया र पटेलहरूको दुःख हाम्रो दुःख हो। सुपर नागरकिका कुरामा भर परेर जल्दोबल्दो क्रान्तिकारी भनिने पार्टीको जुन दशा आज भएको छ, हाम्रो पनि त्यही भइरहेको छ। यस मानसिक र मनोवैज्ञानिक कैदबाट जति सक्दो छिटो उम्किन सकियो, हामीलाई उति फाइदा छ।

Advertisements

2 thoughts on “असमान रुपमा समावेशी नेपाल

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s