अमूर्त क्रान्ति र विचारको अत्याचार


नेपाल साप्ताहिकको अंक ६२१ (२०७१ मंसिर ७) मा प्रकाशित मासिक स्तम्भ टिस्टुङ् देउरालीको लेख “विचारको अत्याचारबाट छुटकारा” बाट साभार । पुरा लेख पढ्न यो लिङ्कमा क्लिक गर्नुहोला


आफूले भनेजस्तो नभए फेर िक्रान्ति, विद्रोह र युद्ध गर्ने धम्की दिन थालिएको छ, कहिले रोल्पा, कहिले कपिलवस्तु र कहिले लाजिम्पाटबाट। जनआन्दोलनको म्यान्डेटको कसैसँग एकाधिकार भएको भए चुनाव गराउनुपर्ने आवश्यकतै किन आइपर्‍यो? जुलुसले माग गर्न सक्छ, सरकार विस्थापित पनि गर्न सक्छ तर राज्य सञ्चालन गर्न सक्दैन। जनमत र म्यान्डेटको आधिकारकि सूचक निष्पक्ष निर्वाचन नै हो। नत्र, दशकौँअघिको जुछे आन्दोलनको म्यान्डेटका नाममा राज्य सञ्चालन गररिहेको उत्तर कोरयिाली पथमा ने पाललाई पनि लगे हुन्छ।

स्केच: रवीन्द्र मानन्धर

त्यसै पनि क्रान्ति वा विद्रोह निरपेक्ष विषय होइनन्। यिनको नेतृत्व वा घोषण्ाा आफैँमा कुनै नैतिक मूल्य र अधिकारको आधार हुन सक्दैन। आकस्मिकतामा विद्रोहको केही आकर्षण्ा हुन सक्ला तर विद्रोह नियमित हुन थाले आखिर त्यसको प्रकृति नोकरशाही हुन्छ। युद्ध, क्रान्ति वा विद्रोह कुनै पनि समाजले सधँैभर िथेग्न सक्ने कुरा होइन। धेरै पुस्ताको अवसर तथा समय खेर गएर पनि परण्िााम निश्चित नहुने जोखिमपूण्र्ा कार्य हो। त्यस्तो जोखिम सधैँभर िउठाउनुपर्ने पद्धति राज्य सञ्चालनको तरकिा हुन सक्दैन। एक-दुइर् पटकसम्म गर्न सकिएला तर राज्यको नियमित गति भनेको स्थायित्व, स्थापित संस्था र क्रमिक सुधारहरूको बाटो नै हो, क्रान्तिकारतिा होइन। क्रान्ति अवश्यै बढी रोमाञ्चक, द्रुत र घटनापूण्र्ा हुन्छ तर नियमितताको प्राकृतिक गति पट्यारलाग्दो नै भए पनि त्यसैमा अभ्यस्त भई समाज निर्माण्ा गर्नुको विकल्प छैन।

विगतको दुर्भाग्यपूण्र्ा अनुभवपछि पनि हामीकहाँ क्रान्तिको कुरा हुन छाडेको छैन। ‘विचारको युद्ध’, ‘सिद्धान्तको लडाइँ’, ‘आन्दोलनको राप’ र ‘वैज्ञानिक विश्व दृष्टिकोण्ा’का नारा लोकपि्रय छन्। त्यसैले विचारको अभावभन्दा पनि विचारको अत्याचार बढी हुनु हाम्रो समस्या हो। क्रान्तिकारतिाको लोकपि्रयताका पछाडि धेरै कारण्ा छन्। आन्तरकि समस्या र कमजोरीका कारण्ा जनस्तरमा विकल्पको खोजी हुनुका अलावा शीतयुद्धसम्म कम्युनिस्ट सत्ताको आकर्षण्ा नेपालबाहेक विश्वका अन्य धेरै भूभागमा पनि थियो। बर्लिन पर्खाल ढलेको २५ वर्ष पुगेको छ तर नेपालमा अझै पनि कम्युनिस्ट शासन भएका तत्कालीन पूर्वी जर्मनी, चेकस्लोभाकियाका वा क्युबाका गौरवगाथा मजाले गाइन्छ। एकथरी विद्वान्हरू आजसम्म पनि आदर्श समाजको चित्रको रूपमा तिनलाई प्रस्तुत गर्छन्। केही समयअघिसम्म पनि नेपालका प्रतिष्ठित पत्रिका र विद्वान्हरू यस्तै किसिमका विचार प्रवाह गररिहेका हुन्थे। धेरै नेपाली र विशेष गरी युवाको मस्तिष्कमा स्थापित गरएिको यसै तस्बिरका कारण्ा क्रान्तिकारतिाको आगो अझै पूरै निभेको छैन।

हुन त कुनै पनि देशको विकासमा आन्तरकि राजनीति मात्र नभएर विश्वको शक्ति सन्तुलन, भू-राजनीति आदिको पनि भूमिका हुन्छ। तर, के भन्न संकोच मान्नुपर्दैन भने नेपालमा आदर्शका रूपमा प्रस्तुत गरएिका ती देशहरू मुख्यतः कम्युनिस्ट शासनकालले निम्त्याएको पछौटेपन र सामाजिक प्रतिगमनसँग आजसम्म लडिरहेका छन् र अरूभन्दा पछाडि नै छन्। जति अपि्रय लागे पनि सत्य के हो भने हामीलाई झूट र प्रपोगान्डा सिकाइएको हो र त्यही झूटका आधारमा हामीलाई ‘जनयुद्ध’ र ‘साम्यवाद’को सपना बे चिएको हो। त्यस ‘जनयुद्ध’का परण्िातिहरू र त्यससँग जोडिएर आएका जातीय-धार्मिक र क्षेत्रीय विभाजनकारी राजनीतिसँग सायद हामी अझै वर्षौंसम्म संघर्ष गररिहनेछौँ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s