क्रान्ति: तानाशाहको मित्र, सर्वहाराको दुस्मन


नेपाल साप्ताहिक को अंक ६२९ (२०७१ माघ ४) मा प्रकाशित मासिक स्तम्भ टिस्टुङ् देउरालीको लेख “प्रतिगमनलाई सहयोग” को अंश । पुरा लेख पढ्न यो लिङ्कमा क्लिक गर्नुहोला


नेपाली समाजमा रहेको हिंसा, विद्रोह र क्रान्ति प्रतिको सम्मोहनबारे यसअघि पनि लेखिएको छ। हिंसा वा क्रान्तिलाई अझै पनि रोमाञ्चक र नैतिक कार्यका रूपमा धेरैले लिएका छन्। क्रान्तिबाटै जनताका अधिकार स्थापित गर्न सकिन्छ भन्ने भ्रम पनि व्याप्त छ। तर, तथ्यहरूले ठीक उल्टो चित्र देखाउँछन्।

गएको शताब्दी र यस शताब्दीमा पनि क्रान्तिबाट लोकतन्त्र स्थापित हुन्छ भन्ने कुरा कतैबाट प्रमाणित भएको छैन। विश्व भर भएका दुई तिहाइभन्दा बढी त्यस्ता क्रान्ति केवल एक तानाशाहलाई हटाएर अर्को तानाशाहलाई स्थापित गर्न सफल भए। लोकतन्त्र स्थापित भए पनि केही वर्षभन्दा टिक्न सकेनन्। इरान, क्युबा, इजिप्टलगायत अन्य धेरै देशका उदाहरण र अध्ययनबाट अनुसन्धानकर्ताले निकालेको निष्कर्ष हो यो। बरु, जनताको अधिकार स्थापित गर्न शान्तिपूर्ण आन्दोलन र वार्ता-सम्झौताजस्ता लोकतान्त्रिक प्रक्रिया धेरै सफल भएका छन्।

स्केच: रवीन्द्र मानन्धर
स्केच: रवीन्द्र मानन्धर

संविधानसभा-१ मा त्यति बेलाको संस्थापनले आधारभूत लोकतान्त्रिक मान्यतासमेत नमान्ने किसिमको संविधान बनाउने प्रयास गरेको थियो। त्यसो भएको भए अन्य देशमा जस्तै नेपालमा फेरि धेरै वर्षसम्म अर्को तानाशाहीको सुरुआत हुने थियो। यसप्रति सजग जनता, नागरिक समाज र मिडियाको जुझारुपन एवं साहसले गर्दा त्यो सम्भावित दुर्घटनाबाट नेपाल बच्न सफल भयो।

अहिले अलोकतान्त्रिक संविधान बन्ने सम्भावना त कम भएर गएको छ। तर, हिंसा र विद्रोह नगरी अधिकार स्थापित हुँदैन भन्ने भ्रम पूर्ण मान्यता बोकिरहे मा यो स्थिति कुनै दिन नउल्टिएला भन्न सकिँदैन। तर्क हीनताको कमजोरी छोप्न गरिने बन्दको संस्कृति त्यस्तै हिंसाको रूप हो र यसले तानाशाही आकाङ्क्षा बोकेका शक्तिहरूलाई नै धेरै सहयोग गर्छ। सबै तहका नेपालीले दु:ख पाएको भए पनि वर्गसंघर्षको नाम दिइएको नेपालको ‘क्रान्ति’ले सबैभन्दा दु:ख दिएको वर्ग चाहिँ निम्न र मध्यम वर्ग हो। संविधान निर्माणमा भएको अवरोध र बन्दको हिंसाले त्यसैलाई निरन्तरता दिने काम मात्र गरिरहेको छ। यसप्रति सबैभन्दा ठूलो विरोध पनि उनीहरूले नै गरेका छन्, चाहे त्यो साङ्केतिक रूपमै किन नहोस्।

वास्तवमा नेपालमा चलिरहेको हिंसा र बेथितिको सबैभन्दा सशक्त शान्तिपूर्ण विरोध नेपालबाट भरोसा उठेर हरेक दिन बाहिरिने युवाको जमातले गरिरहेको छ। एउटा देशका निम्ति यसभन्दा ठूलो अवज्ञा र नैतिक दबाब के हुन सक्छ? राणाशाही र बेलायती उपनिवेशवाद जस्तै ‘जनयुद्ध’ र बाबुराम-प्रचण्डपथको उपलब्धि नयाँ नेपाली ‘लाहुरे’हरू उत्पादन गर्नु रह्यो। पहिलो लाहुरे युगमा नेपाली योद्धाहरूको लासमाथि प्रथम र द्वितीय विश्वयुद्ध लडिएको थियो भने दोस्रो लाहुरे युगमा नेपाली कामदारहरूको लासमाथि कतारमा विश्वकप फुटबल खेलिँदै छ। यसले नेपालको सामाजिक र पारिवारिक जीवनमा ठूलो नकारात्मक प्रभाव पारेको छ, विदेशिएका कामदारको पीडा उस्तै हृदय विदारक छ। सर्वहारा र सीमान्तकृतका निम्ति भनेर प्रचार गरिएको क्रान्तिप्रति सोही वर्गको यस्तो वितृष्णा र विरोध हुँदा त्यसका जिम्मेवारहरूमा अलिकति पनि लज्जा र क्षमा बोध देखिँदैन।

Advertisements

One thought on “क्रान्ति: तानाशाहको मित्र, सर्वहाराको दुस्मन

  1. Aba ta police ko tauko ma camera bhayeko helmet narakhi bhayena. Bekkar ma dosh mātra pauni. Camera bhayeko helmet bhaye dubai pakshya le ghotala garna pauni thiyena. Manchhe haru dekhera dikka lagisakyo. Sandhai yestai garni ho bhani, aafulai Nepali nathanni ho bhani, ra us vs them game khelni ho bhani let “them” seccede.

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s