अचानक धर्ममैत्री र भावुक बाबुराम भट्टराई


नेपाल साप्ताहिकको अंक ६२५ (२०७१ पुस ६) मा प्रकाशित मासिक स्तम्भ टिस्टुङ् देउरालीको लेख “प्रश्न, आफैँलाई सोध्ने कि नसोध्ने ?” को अंश । पुरा लेख पढ्न यो लिङ्कमा क्लिक गर्नुहोला


भारतमा नरेन्द्र मोदीको उदय र नेपालमा बाबुराम भट्टराईको धार्मिक कार्यक्रममा संलग्नता एकै समयमा हुन गएको छ। त्यसभन्दा एक कदम अघि बढेर हिन्दु धर्मावलम्बीहरू खुसी हुने गरी भट्टराईले दिएका अभिव्यक्ति र भारतको सत्तामा हिन्दुवादीको उपस्थिति संयोग मात्रै होला त? अघिल्लोपटक संविधानसभालाई असफल बनाउन प्रमुख भूमिका निर्वाह गरेका र यसपटक पनि त्यतैतिर अग्रसर रहेका पूर्वप्रधानमन्त्री भट्टराईका निम्ति प्रचारबाजी र समाचारमा छाउनु नयाँ कुरा होइन।

स्केच: रवीन्द्र मानन्धर

नेपाली समाजको भावुक स्वभावको पूर्ण लाभ उठाउँदै ठीक मौकामा डाँको छाडेर रुन सक्नु सानोतिनो खुबी होइन। न्याय माग्न पुगेका नन्दप्रसाद र गंगामाया अधिकारीलाई भट्टराईकै निर्देशनमा मानसिक अस्पताल लखेटिएको धेरै भएको छैन। गम्भीर प्रकृतिका मानव अधिकार अपराधमा संलग्न सुरक्षाबल र माओवादीलाई चोख्याउन पनि सबैभन्दा धेरै योगदान सायद भट्टराईकै छ। भविष्यमा उनको प्रधानमन्त्रीकालको सम्झनामा पीडितहरूविरुद्ध उनले प्रदर्शन गरेको उग्र स्वरूप र लिएको कठोर अडान सधैँ अगाडि आउनेछ।

अनुदार स्वभाव, कट्टर सैद्धान्तिक, अविचलित वस्तुवादी र धर्मविरोधीको परचिय बनाएर उनले विद्रोह र सरकार सञ्चालन गरेका थिए। तर, नेपाली जनताले चुनावमार्फत उनले स्थापित गर्न खोजेको पद्धतिलाई अस्वीकार गरेपछि सायद उनलाई नयाँ तरकिा अपनाउनुपर्ने आवश्यकताबोध भएको हुनुपर्छ। आफ्नो पार्टी र देशकै नेतृत्वको महत्त्वाकांक्षा पूरा हुन थोरै मानवीय देखिनुपर्ने उनले महसुस गरेका होलान्।

यस्तो गर्ने भट्टराई एक्ला राजनीतिज्ञ अवश्यै होइनन्। कानुनी शासन र लोकतन्त्रको कुरा गरेर नथाक्ने नेपाली कांग्रेसका मन्त्री नरहर िआचार्य सत्य तथा मेलमिलाप आयोग, न्यायाधीश नियुक्ति आदि प्रकरणमा प्रशस्तै उदांगिएका छन्। माओवादीलाई सत्ता कब्जाको आरोप लगाउँदै गर्दा सबै निकायलाई कार्यकर्ता भर्तीमार्फ त भुत्ते बनाउने काममा एमाले सायद सबैभन्दा अगाडि छ। तर, लोकतान्त्रिक सुधार र निगरानीमार्फत सच्चिन सक्ने यस्ता विकृतिलाई अझै मौलाउन सहयोग हुने गरी देशलाई वर्षौंसम्म द्वन्द्वमा धकेलेर अवरुद्ध पार्ने कमान्डर भट्टराईमाथि रहेको जवाफदेहिता र प्रश्नको भारीको अरूसँग तुलना गर्न गाह्रो छ।

लोकतान्त्रिक राज्यका निम्ति धर्मनिरपेक्षता राम्रो आदर्श हो र नेपाली राज्य पनि धर्मबाट अलग रहनु उचित हो। तर, हाल नेपालमा धर्मनिरपेक्षता होइन, धर्मसापेक्षता लागू रहेको भन्दा अतिशयोक्ति हुँदैन। यो सापेक्षता हाम्रो परम्परागत धर्मविरुद्ध रहेको देख्न गाह्रो छैन। नेपालको नाम, झन्डा, पहिचान आदिलाई पनि आक्रमण गर्दै हिन्दु वा बौद्ध धर्म मान्नु अपराध हो जस्तो गरी स्थापित गर्न अरूभन्दा भट्टराईकै दलको सबैभन्दा बढी योगदान छ। भन्ने गरन्िछ कि ‘जनयुद्ध’को समयमा नेपालमा सबै कुरा विनाश र ध्वस्त भए पनि गाउँगाउँमा एउटा कुरा निकै मौलाइरहेको थियो, संस्थागत रूपमा धर्मपरविर्तनको लहर र परम्परागत धर्म मान्नेहरूविरुद्ध मानसिक र भौतिक आक्रमण। अवस्था कतिसम्म छ भने हरेक विषयमा धर्म र सम्प्रदायको रंग पोत्दै अन्नपूर्ण र गौरीशंकरजस्ता हिमालको नाम लिएर पनि धर्मनिरपेक्षताका नाममा निकै अमिल्दो प्रहार हुने गर्छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s