नेपालको बदलिँदो जनसंख्या बनोट र क्रान्तिको संभाव्यता


नेपाल साप्ताहिकको अंक ६२१ (२०७१ मंसिर ७) मा प्रकाशित मासिक स्तम्भ टिस्टुङ् देउरालीको लेख “विचारको अत्याचारबाट छुटकारा” बाट साभार । पुरा लेख पढ्न यो लिङ्कमा क्लिक गर्नुहोला


क्रान्तिकारतिाका पक्षधरहरूले जनसंख्या र जनमतको थोरै पनि अध्ययन गर्ने हो भने आफ्नै समय र ऊर्जा वचत गर्न सक्छन्। केही वर्षअघिसम्म सडकमा टायर बाल्न र ढुंगा हान्न तयार हुने जमातलाई मोटरसाइकल बाँडेर र चन्दा उठाएकै भरमा सधैँ लो भ्याइरहन सम्भव थिएन। उनीहरू आज कि विदेशमा श्रम गर्दै छन् वा नेपालमै आफ्नो जीविका चलाउँदै छन्। देशको जनसंख्या १० वर्षअघि भन्दा आज औसतमा बढी वयस्क छ । अर्थात्, १० वर्षपहिले जनसंख्याको ठूलो हिस्सा ओगटेका स्कुल-क्याम्पस पढ्ने उमेरका युवा आज ३०-४० वर्षका भएका छन्। र, आ-आफ्नो परविार-पेसामा व्यस्त छन्। घट्दो जन्मदरका कारण्ा नेपालको जनसंख्या पिरामिड बिस्तारै बीचमा मोटो हुन थालेको छ। यसको मतलब हो, जोसिला युवाभन्दा भविष्यप्रति चिन्तित र कम जोखिम उठाउन चाहने वयस्क र अधबैँसेहरूको संख्या बढिरहेको छ। भविष्यप्रति कम चिन्ता हुने युवक जनसंख्यालाई नयाँ विचार र क्रान्तिप्रति आकर्षण्ा गर्न जति सजिलो थियो, त्यो अवस्था अब छैन र भविष्यमा झन् रहने छैन। वयस्कहरूमा ‘भोलि जे पर्ला देखिएला’ भन्ने आधारमा गरनिे ‘क्रान्तिकारी’ गफप्रति वितृष्ण्ाा हुन्छ। तिनलाई आफ्नो र सन्ततिको सुरक्षति भविष्य प्राप्त हुने ठोस र विश्वासिला योजना चाहिन्छ। यसलाई बुझ्न गत निर्वाचनका संकेत नै काफी छन्। त्यतिले नपुगे क्रान्तिको रटान लगाउनेहरूका शक्ति प्र दर्शनमा अचेल हुने उपस्थिति र जोसले पनि त्यसलाई प्रदर्शित गररिहेकै छ।

स्केच: रवीन्द्र मानन्धर

तैपनि, भोलिको पुस्ताको समय बर्बाद नपारयिोस् भन्नाका खातिर हाम्रो पुस्ताले केही सक्रियता देखाउनैपर्छ। जसरी आज नस्लवाद, फासीवाद, नाजीवाद र कम्युनिस्ट अधिनायकवाद विश्वबाट तिरस्कृत भएको छ, नेपालमा हामीले त्यस्तै आँट नगरेसम्म आधुनिक समाजतर्फको हाम्रो यात्रा जोखिमले भरपिूण्र्ा रहनेछ। फरक विचार वा सिद्धान्त आफैँमा ठूलो कुरा होइन। हिटलरसँग र ओसामा बिन लादेनसँग पनि फरक विचार थियो, सिद्धान्त थियो र विद्रोहका निम्ति तयार ठूलो जनसमुदाय थियो। हामीलाई चाहिएको अरू धेरै रोमाञ्चक विचार र निरन्तर क्रान्तिभन्दा पनि त्यस्ता क्रान्ति र क्रान्तिकारीहरूको सम्पूण्र्ा रूपमा अस्वीकृति हो। तसर्थ, आर्थिक क्रान्तिका होइन, क्रमिक विकास र सुधारका कुरा गरौँ, पट्यार लाग्दै भए पनि विधि, संस्था, पद्धति र समाज निर्माण्ाका कुरा गरौँ। भएको व्यवस्था सुदृृढीकरण्ाका कुरा गरौँ, व्यवस्थाबाहिरका विकल्पप्रति आकर्षण्ा घटाऔँ। मिलेर, जुटेर सभ्य र नागरकि मैत्री राज्य निर्माण्ा गर्ने अवसरहरू खोतलौँ। सिंगो राष्ट्रको समय बर्बाद गर्ने सर्तमा आफ्ना सत्ता-आकांक्षाका निम्ति सधैँ क्रान्तिकारतिा बे चिरहनेहरूलाई जसरी अरू देशले सधैँका निम्ति तिरस्कृत गरेका छन्, त्यसो गर्ने बेला हाम्रोमा पनि आएको छ। नत्र जातीय, धार्मिक र क्षेत्रीय द्वन्द्वहरूका रूपमा र ‘आर्थिक क्रान्ति’को अपुष्ट एवं अपरभिाषति उद्देश्यका निम्ति फेर िक्रान्तिकारतिाको बजार फस्टाउनेछ र मूल्य हामीले नै चुकाउनु पर्नेछ।

उत्तरदायी राजनीतिक परपिाटी बसाल्न सबैभन्दा बढी चनाखो र सतर्क हुनुपर्ने नागरकि नै हो। संघीयताको कृत्रिम विवादमा होस् वा देशको राजनीतिक-आर्थिक भविष्यका बारेका बहसमा होस्, क्रान्तिकारतिाको धङधङी र त्यसको माग अद्यापि धेरथोर छँदै छ। देशको सन्तुलित विकास, दीर्घकालीन भविष्य र स्थायित्वका निम्ति यो हानिकारक सूचक हो।

परविर्तन वा क्रान्तिका नाममा तिनका प्रवर्तकहरूले चाहेको ठ्याक्कै चाहिँ के हो त? कस्तो किसिमको अर्थनीति, राजनीति र समाज बनाउन खोजेको हो र त्यो कसरी बनाउने हो? यस्ता संगीन प्रश्नहरूको कहिल्यै सम्बोधन भएको छैन। तैपनि, क्रान्तिको चर्को नारा र काल्पनिक आदर्श समाजको मीठो सपना बाँड्ने काम रोकिएको छैन। विश्वविद्यालयका कोठाहरू र दर्शनका बहसमा छलफल गर्ने स्वतन्त्रता सबैलाई छ र सुदूर भविष्यको कुनै दिन त्यस्ता विचारले संसारमा सान्दर्भिकता पाएछन् भने हामी पनि तिनलाई अँगालौँला। तर, अहिले चाहिएको थप क्रान्तिकारतिा र विचारको तानाशाही होइन कि तिनका अत्याचारको तिरस्कार नै हो। यही आधारमा संविधान निर्माण्ा र संघीयताको मुद्दामा पनि मूर्त विषयहरूमा बहसलाई केन्दि्रत गर्नु हाम्रो हितमा छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s