संविधान निर्माणको वास्तविक समस्या: महेन्द्र राष्ट्रवाद कि माओवादी राष्ट्रवाद ?


नेपाल साप्ताहिकको अंक ६२९ (२०७१ माघ ४) मा प्रकाशित मासिक स्तम्भ टिस्टुङ् देउरालीको लेख “प्रतिगमनलाई सहयोग” को अंश । पुरा लेख पढ्न यो लिङ्कमा क्लिक गर्नुहोला


राजनीति, अर्थनीति र विकास- निर्माणमा कुनै योजना, विकल्प र विचारबिना लादिएको हिंसा र अन्धो राष्ट्रवाद यसरी सबै सामु पर्दाफास भइसकेको छ। पहिले प्रश्न गर्न र विरोध गर्नसमेत नपाइने बर्बर हिंसाका कारण यी र यस्ता कुरा लुकेका थिए तर अहिले अवस्था फेरएिको छ।

समयमा संविधान नबन्दा, हिंस्रक कार्यहरू बढ्दा, विवाद र विषय अन्यत्रै मोडिन सक्ने खतरा झन् बढेर गएको छ। आर्थिक रूपमा केही सुधारका लक्षण देखिएका बेला विपक्षीले त्यसको प्रतिफल कसरी जनताको हितमा लगाउने भन्नेबारे सक्रियता देखाएको भए राम्रो हुन्थ्यो। आर्थिक विकासको फाइदा सीमित वर्गमा मात्र नपुगोस् भनेर उचित नीति-नियम बनाउने, खबरदारी गर्ने र संसद्मार्फत हस्तक्षेप गर्ने काममा शक्ति लगाएको भए भविष्यमा हुने आर्थिक विकासको हित निम्न वर्गसम्म पुर्‍याउन सहयोग पुग्थ्यो। स्थानीय निर्वाचन गराएर गाउँ र नगरपालिकाहरूमा आफूले लागू गर्न चाहेका नीतिहरूको नमुना प्रस्तुत गरेर जनतालाई प्रभावित पारेको भए बढी हितकर हुने थियो। निर्वाचनलाई प्रभावकारी र स्वच्छ बनाउने प्रयास गरी निर्वाचन, संसद् र सार्वजनिक बहसहरूबाटै आफ्ना कार्यक्रम अघि बढाउँदा लोकतन्त्र त संस्थागत हुन्थ्यो नै, आफ्नै लोकप्रियता पनि बढ्थ्यो। संविधान निर्माणको काममा पनि त्यस्तै तरकिा अपनाएको भए हुन्थ्यो।

स्केच: रवीन्द्र मानन्धर

तर, भइरहेको छ, ठीक उल्टो। जानीजानी देशलाई झन् ठूलो जोखिमतिर धकेल्न अनि अझै कमजोर र पराधीन बनाउन खोजेको कुरा जनताबाट लुकेको छैन। ‘महेन्द्रीय राष्ट्रवाद’ भनेर ४० वर्ष पुरानो व्यवस्थालाई सबै दोष लगाएर उम्कन खोजे पनि जनता त्यति अनभिज्ञ अवश्य छैनन्। वास्तवमा यो अन्धो राष्ट्रवादी प्रवृत्तिको उचित नाम ‘बाबुराम-प्रचण्ड राष्ट्रवाद’ हुन सक्छ। किनभने, समसामयिक नेपालमा भारतको सबैभन्दा चर्को विरोध गरेर आफ्नो राजनीति अघि बढाउने र ‘राष्ट्रवादी शक्ति’हरूसँग मिलेर क्रान्ति सफल पार्ने घोषति नीति अरू कसैले स्थापित गरििदएको होइन।

सुरुमा विश्व बैंकले गरेको लगानी अस्वीकार्य भन्दै अरुण-३ जलविद्युत् आयोजना बन्न दशकौँ रोकियो। चरम ऊर्जा संकट र देशको कमजोर स्थितिका कारण हाम्रो हात तल परेको हुँदा अहिले कडा सर्तहरू स्वीकारेरै भए पनि विद्युत् उत्पादन गर्न लगानीकर्तालाई छुट दिनुपरेको छ। अन्तत: अरुण-३ आयोजना भारतको लगानीमा बन्न लागेको छ, ‘बाबुराम-प्रचण्ड राष्ट्रवाद’को वास्तविक लाभ कसलाई भएको छ भन्ने थाहा पाउन गाह्रो छैन। भारतीय लगानी देशघाती भनेर लामो समय विकास निर्माण हुन नदिएका कारण अहिले तिनै लगानीकर्तालाई देशले अरू छुट दिँदै बोलाउनुपर्ने अवस्था बनेको छ। राजनीति, अर्थनीति र विकास- निर्माणमा कुनै योजना, विकल्प र विचारबिना लादिएको हिंसा र अन्धो राष्ट्रवाद यसरी सबै सामु पर्दाफास भइसकेको छ।

पहिले प्रश्न गर्न र विरोध गर्नसमेत नपाइने बर्बर हिंसाका कारण यी र यस्ता कुरा लुकेका थिए तर अहिले अवस्था फेरएिको छ। संविधान निर्माणका क्रममा समेत त्यही विडम्बना दोहोरएिको छ। संविधानको वास्तविक विवाद के हो र त्यसको समाधानको उपाय के हो भन्ने कसैलाई बताइएको छैन। तर्कहरूको खडेरी परेको जस्तो भान हुन्छ, सायद त्यसैको ढाकछोप गर्न बन्दजस्तो हिंसाको सहारा चाहिएको हुन सक्छ। स्थानीय भाषालाई सम्मान गर्ने, समावेशी व्यवस्था कायम राख्नेलगायतका मुद्दालाई आफ्ना प्रस्तावले सम्बोधन गरेको कुरा सत्तापक्षले भनिरहेको छ। छलफलमार्फत ‘नेगोसिएसन’ गर्ने खुबी प्रस्तुत गरेर आफ्ना केही मान्यता नयाँ संविधानमा समावेश गर्न सकिन्थ्यो होला। तर, त्यस्ता मान्यता र फरक मत के हुन् भन्ने नै कसैलाई थाहा छैन।

कुन-कुन बुँदामा विगतको संस्थापन र हालको विपक्षीको विरोध हो? त्यसमा के-के सुधार आवश्यक हो? वा अहिले झलक देखिएजस्तै कुनै जात वा आस्था विशेषका मानिसलाई निश्चित प्रदेशमा आवत-जावत नै गर्न नदिने र प्रदेशहरूको सिमानालाई अन्तर्राष्ट्रिय सिमानाजस्तो बनाउने उद्देश्य हो? कि नस्लीय, साम्प्र दायिक, धार्मिक विभाजन र तनाव बढाउँदै देशका जल्न बाँकी रहेका तन्तुहरू अर्को क्रान्तिको आगोमा डढाउने योजना हो? जनतालाई जवाफ चाहिएको छ। त्यसको अभावमा यस किसिमको बर्बर हिंसा र अत्याचार सहन बाध्य पारनिु लोकतान्त्रिक मुलुकका नागरकिको अपमान हो। यसको सार्वजनिक आलोचना र बौ द्धिक प्रतिकार गरिनैपर्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s