संविधान र राष्ट्रिय प्राथमिकता


नेपाल साप्ताहिकको अंक ६१७ (२०७१ कार्तिक २) मा प्रकाशित मासिक स्तम्भ टिस्टुङ् देउरालीको लेख “‘सुपर नागरिक’हरूको एकलौटी” बाट साभार । पुरा लेख पढ्न यो लिङ्कमा क्लिक गर्नुहोला


समस्या हामीलाई कुरेर बस्दैनन्। ती हरेक दिन झन् महँगा हुन्छन्। आज समाधान नगरेका समस्याका कारण थुप्रै अवसर गुम्छन् र समय बित्दै जाँदा वस्तु र प्रक्रियाको मूल्य झन् महँगिन्छ। समस्या पनि जटिल बन्छ। तर, अहँ ! यी विषयलाई महत्त्व नै दिइँदैन। कारण दिइन्छ, ‘संविधान बनाउने झगडामा हाम्रो पर्याप्त स्रोत, समय, ध्यान र मिहिनेत पुगेको छैन। यस्तो बेला अरू विषयमा ध्यान दिनु भनेको संविधान बन्न नदिने षड्यन्त्र हो।’ विगत ६-८ वर्षदेखि हरेक दिन हाम्रो प्रमुख मुद्दा भनेकै संविधान बन्ला कि नबन्ला भनेर चिन्ता, बहस र झगडा गर्नु रहेको छ। स्थानीय निकाय नहुँदा जनता आफैँले समाधान गर्न सक्ने कति विषय थाती बसेका छन्।

स्केच: रवीन्द्र मानन्धर

यही बेला अन्नपूर्ण सर्किटमा हिमपातले ठूलो आपत् आइपरेको छ र मान्छेका ज्यान गुमेका छन्। यो घटना इजरायलका सञ्चार माध्यमहरूमा प्रमुख समाचार बनेको छ। चार इजरायली नागरकि यस दुर्घटनामा मारएिका छन्। अरू घाइते छन्। हामीसँग करबि एक दशकदेखि संविधान एक मात्र समस्या भएर यो समाचारले प्रधानता पाएन भन्न सकिएला। तर, इजरायलमा हालसम्म एउटा लिखित संविधान छैन। ६० वर्षदेखि युद्धमा छ तर भविष्यमा अस्तित्व नै रहने- नरहने चिन्ता सकिएको छैन।

मौसम भविष्यवाणी गर्न चाहिने उपयुक्त उपकरण नहुँदा टार्न सकिने विनाश भएको खबर आएका छन्। मौसमविज्ञहरूलाई दिइएको प्रोत्साहन, सुविधा र काम गर्ने वातावरण तथा त्यस्ता विषय पढाइ र अनुसन्धान हुने विश्वविद्यालयको स्थितिबारे त सोचिएको पनि छैन। विश्वभर िपर्यटन जगत्मा नेपाल चिनिएको एउटा कारण यही अन्नपूर्ण सर्किट हो। यसैमा धेरै मानिसको जीविका अडेको छ। सुरक्षति मान्ने गरएिको यस क्षेत्रमा भएको यो भयानक दुर्घटनाले यी सबैलाई एकैपटक वर्षौंवर्षका निम्ति जोखिममा पारििदएको छ। हामीकहाँ यसो हुनुको कारण संविधान होइन, आफ्ना नागरकिलाई महत्त्वहीन ठानेर हो। नागरकिका स-साना दुःख र चासोभन्दा सिद्धान्तका अमूर्त कुरा बढी महत्त्वपूर्ण हुन् भन्ने मान्यता हो। नागरकिको जीवन, एउटा पुस्ताको अमूल्य समय र सिंगो मुलुकको जीविका, विकास र भविष्यभन्दा बढी महत्त्वपूर्ण संविधान भन्ने हाम्रो मान्यताका कारण हो।

यही समय गंगामाया अधिकारी वीर अस्पतालमा न्यायका निम्ति एक्लै लडिरहेकी छन्। उनका पति नन्दप्रसाद अधिकारी दसैँअघि यहीँ बिते। गंगामाया केवल एक नागरकि हुन्। ठूला र नबुझिने कुरा गर्न सक्ने सुपर नागरकि होइनन्। सबै भोक हडताल नैतिक रूपमा बचाउ योग्य हुन्छन् र सबै माग पूरा गर्नुपर्छ भन्ने होइन। तर, कानुनको शासन, न्याय र बाँच्न पाउने अधिकारजस्ता आधारभूत विषयका निम्ति कसैले ज्यान गुमाइसक्दा पनि हाम्रा प्राथमिकता र छलफलहरू उदेकलाग्दा छन्। हाम्रो मनोविज्ञान कति भयावह रूपमा विकृत र चिन्तनशून्य बनाइएको रहेछ भन्ने कुराको प्रमाण हो यो। त्यसै कारण होला, नेपालमा भन्दा कम सम्मान पाइने देशहरूमा झन् कठिन जीवन अँगाल्न पनि ने पाली तयार भएका। बाँच्न पाउने अधिकार र विधिको शासनका निम्ति नागरकि मर्नुपर्ने स्थिति आउँदा पनि समाजले कुनै हस्तक्षेप गर्न जरुरी ठान्दैन। यसले बसाल्ने नजिर र छाड्ने कालो छाप संविधानमा एउटा राम्रो प्रावधान थपेर वा पार्टी महाधिवेशनमा सुधारको दस्तावेज प्रस्तुत गरेर मेटिँदैन। बरू नागरकिको सम्मान हुने असल संस्कार बसालेर अमूर्त अक्षरलाई भन्दा नागरकिलाई बढी प्राथमिकता दिने समाज बनाए संविधानमा केही धारा खोटपूर्ण भए पनि फरक पर्दैन। संविधानको अभ्यास गर्ने आखिर समाज र नागरकिले नै हो।

मिल्ने भए नेपालका एकथरी विद्वान् अन्नपूर्णको घटनालाई पनि राजनीतीकरण र जातीयकरण गर्ने थिए होलान्। हिमाली क्षेत्र भनेर कुनै एक समुदायले बेवास्ता गरेको, जानीजानी पछाडि पारेको र शोषणमा पारेको हुँदा दुर्घटनाले क्षति धेरै भएको भन्थे।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s