पृथकतावादभन्दा डरलाग्दो लोकप्रियतावाद


तराई-मधेसमा भएका हिंसात्मक कार्य होस् वा यस किसिमका हिंसा मिश्रति अभिव्यक्ति, मधेसी अगुवा र अरू प्रबुद्ध नागरिकले त्यसलाई निन्दा गर्नुको साटो प्रोत्साहित गररिहेका छन्। देशका जिम्मेवार नागरकिको लोकप्रियतावाद र निर्लज्ज भएर गति छाडेको स्थिति पृथकतावाद भन्दा बढि चिन्ताजनक हो।

नेपाल टुक्र्याउने काम सजिलो छैन, त्यस कारण उक्त विषयमा अति चिन्ता लिनु आवश्यक छैन। चिन्ता लिनुपर्ने देशका जिम्मेवार राजनीतिक दल र नागरकिले निर्लज्ज भएर गति छाडेको स्थितिप्रति हो । तैपनि, यस काल्पनिक घटनाले निम्याउन सक्ने परिदृश्यहरूबारे चर्चा गर्न सकिन्छ।

राष्ट्रिय सिमाना पुनःलेखनको काम सुरु गर्नु भनेको खोला बगाउनुजस्तै हो। यसले गन्तव्य लिएरै छाड्छ र त्यो निकै टाढा एवं घुमाउरो हुन सक्छ। नेपालबाट मैथिली भाषीहरूको छुट्टै देश टुक्रियो भने कालान्तरमा त्यसले भारतको मैथिल क्षेत्रलाई पनि टुक्र्याएर जोड्छ। सीमाहरू मेट्ने र जोड्ने त्यस्तो लामो क्रम शान्तिपूर्ण र रक्तपातविहीन हुने छैन। बढी संख्यामा रहेका भारतीय समुदायसँग एउटै देशमा बस्दा अहिलेभन्दा सजिलो हुन्छ कि घाटा भन्ने अड्कल अहिल्यै गर्न सकिन्न।

नेपालबाट तराई मात्रै छुट्टियो भने पनि बिस्तारै तराईभित्रका अवधि, भोजपुरी र थारूलगायत धेरै क्षेत्रले पनि सिमानाको चाहना राख्नेछन्। तिनले भारतमा रहेका छिमेकी क्षेत्रहरूलाई उसै गरी छुट्याउनेछन्। यो भूराजनीतिको सामान्य नियमजस्तै हो। यसबाट भारतका नीति निर्माताहरू अनभिज्ञ होलान् भनेर सोच्नु मूर्खता हो। यसै कारण नेपालको तराईमा हुने पृथकतावादी र जातीय अतिवाद नियन्त्रण गर्नु नेपालको निम्ति भन्दा भारतको निम्ति सुरक्षाका हिसाबले बढी महत्त्वपूर्ण छ। फेरी, मधेसमा मधेसी मूलका मानिसभन्दा बढी संख्यामा पहाडी मूल र अन्य समुदायका मानिस बस्छन्। मधेस उनीहरूको पनि घर हो र त्यसमा उनीहरूको पनि उत्तिकै हक लाग्छ।

नागरिक आफैँ सजग हुने कि सरकारलाई हस्तक्षेप गर्न निम्त्याउने ?

यस्ता अतिवादसँग जोडिएको जस्तो देखिए मधेसी समुदायका जायज मागलाई पनि ओझेल पार्ने सम्भावना छ। पहाडी समुदाय पृथकतावादी अभियानलाई संघीयताका निम्ति ‘बार्गेनिङ’ गर्ने चालबाजीका रूपमा बुझेर झन् शंकालु र अनुदार बन्न सक्छ। यसले हाल बनिरहेको संविधान र संघीयताको सकारात्मक सम्भावनालाई पनि क्षति पुर्‍याउँछ। त्यसमाथि मधेसी नागरिक र राजनीतिक तहबाट यस्ता कार्यको निन्दा नहुनु र राज्यले हस्तक्षेप गर्ने समयसम्म समस्यालाई बढ्न दिनुले उनीहरूको नैतिक प्राधिकारलाई पनि क्षति पुर्‍याउँछ। यस्ता कार्य र अभिव्यक्तिलाई प्रस्ट रूपमा निरुत्साहित गर्ने र समाजमा लोकप्रिय हुन नदिने कार्य स्थापित राजनीतिक र सामाजिक शक्तिहरूकै हो। समस्या विकराल भइन्जेल कुर्ने होइन कि भविष्यमा यस्ता प्रवृत्ति फेर देखिए तुरुन्तै त्यसबाट आफूलाई अलग देखाउने र त्यसलाई निरुत्साहित गर्ने प्रस्ट प्रयास जरुरी छ।

पहिलो विश्वयुद्धपछि जर्मनीको सम्मानमा चोट पुगेको हुँदा उसले प्रतिक्रिया गर्नु स्वाभाविक हो भनेर केही मानिस हिटलरप्रति उदार भएजस्तै नेपालमा पनि यस किसिमको अतिवादी अभिव्यक्तिको पनि बचाउ भएको देखिएको छ। वाक् स्वतन्त्रताको रक्षा हुनैपर्छ र सबै नागरकिलाई कानुनी अधिकार हुनुपर्छ, यसमा कुनै शंका छैन। तर, घृणायुक्त, नश्लवादी, अतिवादी र हिंसा भड्काउने किसिमका अभिव्यक्ति कुनै पनि हालतमा स्वीकार्य हुनु हुँदैन। हालै अतिवादी इस्लामी समूह आईएसआईएसका क्रियाकलापहरूको सम्पूर्ण रूपमा निन्दा गर्दै र आफूलाई त्यसबाट अलग देखाउने गरी बेलायतका मुस्िलमहरूले वक्तव्य नै जारी गरे। हाम्रो तराई- मधेसमा भएका हिंसात्मक कार्य होस् वा यस किसिमका हिंसा मिश्रति अभिव्यक्ति, न मधेसी अगुवा, न अरू प्रबुद्ध नागरिक, कसैले पनि निन्दा गरेका छैनन्,  बरू उल्टै यसलाई प्रोत्साहित गररिहेका छन्।

201409217491-600x0
तस्विर: रवीन्द्र मान्धर

सिक्नुपर्ने पाठ र अबको कार्यसूची

सरकार, राजनीतिक दल र गैरमधेसी समुदायले पनि गर्नुपर्ने प्रशस्तै कामहरू छन्। समयमै संविधान बनाएर संक्रमणकालसँग जोडिने यस्ता समस्यालाई बढ्न नदिनु बुद्धिमानी हुन्छ। त्यस्तै समुदाय र मानिसको पहिचान र अधिकारका जायज मागलाई समयमै सम्बोधन गर्नुपर्छ। त्यसो नगरेमा अतिवादी स्वरहरू बढ्न थाल्ने र अस्थिरता निम्तिने खतरा हुन्छ।

जातीय संघीयतालाई शंका र जोखिमका रूपमा हेर्ने समुदाय र दलहरूले शंकालु भएर मात्र आफ्नो कर्तव्य पूरा भएको ठान्नु हुँदैन। जातीय संघीयता ठीक नभए अर्को कुन तरिकाबाट समावेशी र सबै समुदायले अपनत्व महसुस गर्ने खालको राज्य संरचना बनाउने हो, त्यसबारे स्पष्ट हुनुपर्छ। किनभने, पहिचान र अझ बढी अधिकार खोजिरहेका समुदायमा पनि शंका छ र तिनलाई विश्वासमा नलिने र निराकरण नगर्ने हो भने अतिवादी तत्त्वहरूले तिनलाई भड्काएर फाइदा उठाउन सक्ने सम्भावना जीवितै रहन्छ।

राष्ट्रको आधारभूत परिचय सिमानाले घेरिएको भूमि हो र त्यसको रक्षा गर्ने कर्तव्य एवं अधिकार राज्य तथा नागरिकको हो। तर, सिमाना मात्रै पनि राष्ट्र होइन। राज्य विकास गर्ने क्रममा रहेका हामीबाट अरू जिम्मेवारी र गम्भीरताको आवश्यकता छ। हामीले स्थापित गर्ने पद्धति, संस्कार र व्यवहारले राष्ट्रको परिचयमा प्राण भर्ने काम गर्छन्। देखा परेका नयाँ समस्याले हामीलाई यही कुरा बोध गराउन सकोस्। अझै एकताबद्ध र समझदार भएर खराब तत्त्वहरूलाई निरुत्साहित गर्दै असल नागरिकको साझा प्रयासद्वारा चाहिएको जस्तो आधुनिक र गर्व गर्न लायक राज्य बनाउने यात्रामा हामीलाई सफलता मिलोस्।

दसैँ, तिहार, म्ह पूजा, छठलगायत आउँदै गरेका रमाइला चाडबाड र मौसमको हार्दिक शुभकामना !


यो ब्लग नेपाल साप्ताहिकको अंक ६१४ मा प्रकाशित मासिक स्तम्भ टिस्टुङ् देउरालीको सारांश हो । पुरा लेख पढ्न यो लिङ्कमा क्लिक गर्नुहोला

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s