नयाँ शक्ति कि नयाँ शक्तिहीनता ?


२ चैत्र २०७० को नेपाल साप्ताहिक बाट


नेपालमा युवाले राजनीतिमा अवसर नपाएको देशभित्र र बाहिरसमेत चर्चाको विषय हो। हालै एक विद्यार्थी संगठनका युवाले गरेका हर्कतले र यसअघि पनि युवाकै नाममा राजनीति गर्नेहरूले संस्थागत रूपमा गरेका गुन्डागर्दी र विकृतिले आशा र वास्तविकताबीच ठूलो खाडल रहेको देखाइरहेकै छन्। तर, युवा शक्तिले अवसर नपाएर यस्तो भएको र अवसर पाउँदा सबै ठीक हुने तर्क तिनको रहिआएको छ।

यसै आशालाई मूर्त रूप दिन हामीले कहिले नयाँ पार्टीलाई सत्तामा परीक्षण गर्न पठाएका छौँ त कहिले पुराना पार्टीकै अपरीक्षति नेताहरूमाथि सम्पूर्ण भरोसा गरेका छौँ भने कहिले युवा नेतालाई स्थान दिन जोडदार माग गररिहेका छौँ। कहिले सम्पूर्ण व्यवस्था नै फेरेर नयाँ व्यवस्था ल्याए मात्र नेपालको भलो हुन्छ भन्नेहरूका पछि लागेका छौँ त कहिले व्यवस्था त ठीकै छ तर नयाँ शक्ति भने चाहिएको हो भन्नेहरूलाई पत्याएका छौँ। धेरै नेपालीले बारम्बार महसुस गरेको यस्तो नयाँ शक्ति वा नयाँ पार्टी वा नयाँ व्यवस्थाले मात्र हाम्रा समस्या समाधान होलान् त ?

Sketch by Rabindra Manandhar, Nepal magazine

लोकतन्त्र र शक्ति

आधुनिक लोकतन्त्र धेरै स्थानमा लामो समयसम्म परीक्षति र परिमार्जित हुँदै आजको सर्वमान्य स्थितिमा आइपुगेको हो। नेपालमै पनि हामीले धेरै अनुभव हासिल गरेका छौँ। अन्य राज्यव्यवस्थाजस्तै लोकतन्त्र पनि शक्ति व्यवस्थापनको एक स्वरूप हो। यसमा शक्तिको पृथकीकरण तथा नियन्त्रण र सन्तुलन महत्त्वपूर्ण हुन्छ। यसको अर्थ कुनै पनि मान्छे वा संस्थालाई धेरै बलियो हुन नदिने र निश्चित परिधिभित्र रहेर मात्र क्रियाकलाप गर्ने छुट प्रदान गर्नु हो, कामै गर्न नसक्ने गरी कमजोर बनाउने होइन। लोकतन्त्र मजबुत हुन बलियो राज्यक्षमता र सबल संस्थाहरू अपरिहार्य हुन्छन् तर तिनलाई विधिको शासनले बाँधेको हुनुपर्छ।

हो, कुनै असल नियतको तानाशाहले लोकतान्त्रिक शासकभन्दा धेरै छिटो र राम्रा काम गर्न सक्छ किनभने उसले कानुन र विपक्षीको डर मान्नुपर्दैन। उसलाई नियन्त्रण गर्ने संरचनाहरू हुँदैनन् र उसले अरूसँग छलफल गर्न, विश्वासमा लिन समय खर्चनु पर्दैन। निरंकुश शासन भएका देशले छिटो समयमा आर्थिक प्रगति गर्नुको कारण यही हो। तर, त्यस्तो निरंकुश व्यवस्थाको नियत सधैँ असल हुने कुनै ग्यारेन्टी हुँदैन। सुरुमा राम्रा देखिने मानिस सत्तामा पुगेपछि बिस्तारै कानुन र संविधान संशोधन गर्दै तानाशाह बनेका छन्। भनिन्छ, सत्ताको प्रकृति नै दमनकारी र तानाशाही हुन्छ, त्यस कारण त्यसलाई जतिसक्दो पृथकीकरण गर्नु र प्रशस्त नियन्त्रण र सन्तुलनहरू राख्नु आवश्यक ठानिन्छ।

बलियो लोकतन्त्रमा कुनै एक व्यक्ति वा कार्यकाल खराब भए पनि त्यसले धेरै क्षति गर्दैन। किनभने, संविधान, कानुन र समग्र व्यवस्था नै सत्तालाई नियन्त्रित राख्ने उद्देश्यका साथ बनाइएका हुन्छन्। त्यस्ता निरंकुश प्रवृत्तिलाई निर्वाचन, संसद्, अदालत वा अन्य माध्यमबाट पाखा लगाउने बाटो जनतासँग सुरक्षति नै रहन्छ। जनतालाई सुसूचित र बलियो बनाउन आवश्यक रहने प्रेस र विचारको स्वतन्त्रता, सम्पत्ति र संगठनको हक तथा प्रभावकारी संसद्, कानुनी शासन र अन्य निकाय पनि यथावत् नै रहन्छन्। स्थायित्व र छिटो विकास दिने बहानामा लोकतन्त्रमा विश्वास नगर्नेहरू त्यसै कारण आफूलाई धेरै अधिकार चाहिने तर संसद्, प्रेस, अदालत, स्थानीय निकाय तथा जनता कमजोर रहनुपर्ने जिकिर गर्छन्।

तजबिजी अधिकार, आकर्षक शक्ति

हामीले छिटो विकास पाइने आशामा शक्तिलाई यति आकर्षक बनाएका छौँ कि बेलाबेलामा हाम्रो लोकतन्त्र नाम मात्रको जस्तो हुन पुग्छ। लोकतन्त्रका नाममा केही पार्टी र विशेष केही नेताहरूको तानाशाही हामीले भोगिरहनुपरेको छ। हामीसँग स्थानीय निकाय नभएको डेढ दशक बितिसकेको छ। त्यस्तै केही समयअघि मात्रै संसद् र अदालत प्रभावविहीन बनाइएका उदाहरण पनि हामीसँग छन्। जवाफदेहिताको अभाव रहेका त्यस्ता समयमा महत्त्वपूर्ण कानुन र परविर्तनहरू लागू गराउने प्रयास भएका थिए। त्यस्तै प्रेस र सम्पत्तिको अधिकार कुण्ठित पार्ने, दण्डहीनता र विकृति संस्थागत गर्ने, प्रहरी र भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई कमजोर बनाउने तथा जनतालाई विभाजित गरी कमजोर बनाउने घटना पनि भए।

अहिलेकै परिस्थिति हेर्ने हो भने पनि उदेकलाग्दो तस्बिर देखिन्छ। उस्तै उमेर समूहका करबि दर्जनजति नेता सबैलाई राष्ट्रपति वा प्रधानमन्त्री हुने लालसा बढेको छ। विडम्बना राष्ट्रपति र प्रधानमन्त्री एक एक जना मात्र छन्। समाधानका रूपमा सरकार एक एक वर्षमा परविर्तन गरेर सबैको पालो पुर्‍याउने प्रयास भइरहेको छ। लोकतान्त्रिक गणतन्त्रका महत्त्वपूर्ण प्रावधानहरूसँगै मेल नखाने गरी राष्ट्रपति पदको सौदाबाजी चलिरहेको छ। महत्त्वपूर्ण मन्त्रालय र अन्य निकायमा पनि यस्तै लुछाचुँडीको अवस्था छ। पक्कै पनि यो हामीलाई चाहिएको जस्तो परदिृश्य होइन। तर, हामीले शक्तिलाई यति केन्द्रीकृत र आकर्षक बनाएका छौँ कि त्यसबिना कोही रहन सक्दैनन्। लोकतन्त्रमा जोसुकै सत्तामा भए पनि विधिको शासनका कारण विपक्षी र कमजोरको रक्षा हुनुपर्ने हो। तर, हाम्रो व्यवस्थामा तजबिजी अधिकार धेरै र शक्तिमा कम रोकटोकहरू छन्। यसले पदमा नरहेकाहरूलाई कमजोर र असुरक्षति महसुस गर्ने बनाएको छ। त्यसै कारण सकेसम्म आफू कमजोर स्थितिमा नरहन पद र शक्ति हासिल गर्नैपर्ने भनेर हामी प्रोत्साहित गररिहेका छौँ।

सानो-लोकतन्त्र र खुसी

हो, हरेक व्यक्ति, पार्टी र संगठनलाई शक्तिको इच्छा हुन्छ र त्यसलाई नकारात्मक रूपमा लिनु हुँदैन। आदिम समाजमा शक्तिको प्राप्ति युद्ध र काटमारबाट हुन्थ्यो। मानव सभ्यताले विकास गरेको लोकतन्त्रको मर्म नै शक्ति प्राप्ति र हस्तान्तरणको प्रक्रियालाई शान्तिपूर्ण बनाउनु हो। त्यसकै निम्ति पूर्वनिर्धारति नियम-कानुन र संरचनाहरूको परिधिभित्र रहेर राजनीति गर्ने, शक्ति वितरण गर्ने, सम्झौता गर्ने र शक्ति हस्तान्तरण गर्ने व्यवस्था अपनाइएको हो। नेता र पार्टीहरू पदका आकांक्षी हुनु नराम्रो होइन। तर, पदको आकांक्षा पूरा गर्ने क्रममा प्रक्रिया बसाल्नुको साटो भत्काउने गतिविधि भने दुःखदायी छ।

हामीले खोजेको सम्पूर्ण शक्ति एकत्रित भएको ठूलो बलियो शासक होइन। हामीले चाहेको त धेरै संस्था र व्यक्तिमाझ वितरति भएको शक्ति तथा साना र थोरै तजबिजी अधिकार भएका शासन-एकाइहरू सहकार्य गर्दै विधिपूर्वक काम गर्ने अवधारणा हो। हाम्रो जस्तो धेरै समुदाय र विविधता भएको देशका लागि त समावेशी विकास हासिल गर्ने यो नै सायद एक मात्र तरिका हो। यो सिक्दै, परिमार्जन गर्दै अघि बढ्ने पद्धति हो। कोही शासकलाई सम्पूर्ण जिम्मेवारी र शक्ति जिम्मा लगाएर छाड्ने होइन कि उसले सकेसम्म कम हानि गर्न सक्ने गरी जनता आफैँ जागृत हुने व्यवस्था हो। छोटोमा भन्दा, लोकतन्त्रको मर्म ठूलो, केन्द्र र भरोसा होइन कि सानो, वितरण र जिम्मेवारी हो। नायक होइन, साधारण हो, प्रचण्डता होइन, संयमता हो, प्राधिकारी होइन, विधिसम्मत हो र शक्तिशाली होइन, सीमितता स्वीकार गर्ने हो।

हाम्रो चाहना पीडाबाट छुटकारा पाई स्थायित्व, विकास र लोकतान्त्रिक पद्धतितर्फको यात्रा हो। लोकतन्त्रले बिस्तारै परिणामहरू दिँदै गर्दा हामीले यसलाई अवरुद्ध गर्‍यौँ। हामीलाई चाहिएको नयाँ व्यवस्था नभएर लोकतन्त्रकै अभ्यास र सुधार हो भन्ने महसुस गर्न हामीले महत्त्वपूर्ण २० वर्ष हिंसामा गुमायौँ र धेरै क्षति भोग्यौँ। तर, के त अबको महत्त्वपूर्ण समय फेरि नयाँ नयाँ नेता र पार्टीलाई सम्पूर्ण शक्ति जिम्मा लगाउँदै, परीक्षण गर्दै, समय खर्चंदै जाने वा अरू नै तरिका अपनाउने ?

नेता र पार्टीहरू परीक्षण गर्ने धेरै तरिका छन्। हामी प्रायः साना कुरालाई महत्त्व दिँदैनौँ। त्यसकै एउटा उदाहरण राष्ट्रपति, प्रधानमन्त्री वा गृहमन्त्रीजस्ता ठूला पद नभई केही हुँदैन भन्ने भावना हो। वास्तवमा स्थानीय निकायहरू जीवित रहेका भए तिनमा धेरै नेता र कार्यकर्ता व्यस्त हुने थिए। आज ६ सय १ सांसद र दर्जनौँ मन्त्री हुँदा पनि अवसर पाएनौँ भनेर दुःखी हुनेहरू जिल्ला विकास सभापति, नगरका मेयर वा गाविस अध्यक्ष भएर व्यस्त भइरहेका हुन्थे। डेढ दशकमा कम्तीमा तीनवटा स्थानीय निर्वाचन सम्भव हुन्थे। र, त्यसबीच नेता र जनता दुवैले धेरै नीति र व्यक्तिको परीक्षण गर्दै सिक्ने अवसर पाउँथे। हामीलाई यो महत्त्वपूर्ण अभ्यासको अवसरबाट वञ्चित गराइयो। त्यस कारण कुनै देखिने काम नगरेका र कतै परीक्षति नभएका ठूला कुरा गर्ने असक्षमहरूलाई हामीले देश हाँक्न सक्ने सबैभन्दा योग्य मानिस सम्झन पुग्यौँ र धोका खायौँ।

लोकतन्त्रमा अन्य साना काम धेरै छन्। जस्तै ः आफ्नै पार्टीमा राम्रा पद्धति बसाल्ने, जिम्मेवार प्रतिपक्ष बन्ने, संसदीय समितिहरूमार्फत सुधारहरू लागू गराउने, सरकारलाई जिम्मेवार बनाउने आदि। वास्तवमा कुनै नगरपालिकामा राम्रो काम गर्ने मेयर, सामुदायिक वन राम्रोसँग व्यवस्थापन गर्ने अगुवा वा संसद्मा विश्वविद्यालयलाई प्रभावकारी बनाउने विधेयक तयार पार्ने सांसद, महत्त्वपूर्ण विषयमा मुद्दा हालेर सरकारलाई तह लगाउने व्यक्ति वा संसदीय समितिमार्फत भ्रष्टाचार रोक्ने नेता बढी भर पर्न योग्य हुनुपर्ने हो। तर, हामी यी साना कामलाई महत्त्वहीन ठान्छौँ। उल्टै ठूला र अमूर्त सैद्धान्तिक भाषण गर्ने तर लोकतन्त्र मास्न उद्यत रहनेहरूलाई आफ्ना उद्धारकर्ता सोच्छौँ। पर्याप्त अवसर र शक्ति नपाएर काम गर्न सकेनन् भनेर तिनैलाई बढी शक्तिशाली बनाउन इच्छुक रहन्छौँ। तर, साना र आधारभूत महत्त्वका काम गर्ने तरिकालाई बेवास्ता गर्छौं। हामीले चाहेको खुसी सायद यही सानो आचरण र मनस्थितिको परविर्तनबाट सुरु हुन सक्छ, न कि व्यवस्था परविर्तन वा सम्पूर्ण राज्यशक्ति हस्तान्तरणबाट।

फेरि शक्तिकै प्रसंग

नयाँ शक्तिको चाहनाकै क्रममा अहिले भारतको आमआदमी पार्टीको सफलताले हामीलाई फेरि हौस्याएको छ। हामी फेरि कुनै नयाँ पार्टी वा शक्तिलाई सबै जिम्मेवारी सुम्पिन पाए हाम्रा समस्या समाधान होलान् भन्ने पुरानै गल्ती दोहोर्‍याउन तयार भएर बसेका छौँ। हाम्रो यो मनस्थिति बुझेकाहरू पनि हामीलाई यसै मौकामा फसाइहाल्न उद्यत बनेका छन्। आफूलाई निकै महत्त्वपूर्ण र अपरिहार्य ठान्ने यस्तो प्रवृत्ति शक्तिमा एकछत्र हिस्सा चाहन्छ। चाहे पुरानो होस् वा नयाँ, कुनै पनि बहानामा आफूले सम्पूर्ण शक्ति र बागडोर पाए मात्र नेपालीको उद्धार हुने सोचाइ राख्छ। यस्तो प्रवृत्ति देखिने र चिनिने रूपमा हाम्रैअघि उपस्थित छ। खासमा पहिले हामीले धेरै पुरस्कृत गरेको भएर आज उसलाई फेरि यो हौसला मिलेको हो।

पहिले निरंकुश शासन र हिंसाका कारण अपि्रय कुरा गरेकै निहुँमा मारिनुपर्ने त्रास थियो। यसले हामीलाई बहस, आलोचना र लोकतान्त्रिक विचार निर्माण गर्न वञ्चित गर्‍यो र आफूलाई चाहिएको शक्ति पहिचान एवं विकास गर्न दिएन। अब त्यो वातावरण रहेन। तर, परिस्थिति बदलिए पनि पुरानै धङधङीबाट ग्रस्त प्रवृत्तिहरू हानि गर्न पाइने मौका कुरेर बसिरहेजस्ता देखिन्छन्। लोकतन्त्रको आधारभूत शक्ति सन्तुलन नै आफ्ना निम्ति बाधक रहेको भन्नेहरू पहिले नेपाली जनताजत्तिको चेतनास्तरमा आइपुग्नुपर्‍यो। यसका लागि सर्वप्रथम जनतालाई कमजोर सोचेर आफू नेपालीको एक मात्र नायक र उद्धारकर्ता रहेको भ्रमबाट जतिसक्दो चाँडो मुक्त भएको राम्रो।

आजको समाज आफ्नो विकासका निम्ति कुनै नायक वा शक्तिशाली संगठनकै भर पर्नुपर्ने बाध्यताको सिकार छैन। अति साँघुरिएको विश्वपरविेशमा कुनै एक व्यक्तिले सिंगै देशलाई आफूले भनेको बाटो र पूर्वनिर्धारति योजनामा अन्धरूपमा डोर्‍याउन अब सम्भव पनि छैन। अति अन्तरसम्बन्धित बनेको विश्वमा अवसर र अराजकता दुवैका स्रोत स्थानीयजत्तिकै धेरै बाह्य पनि छन्। यस्तोमा सबै समस्याको समाधान एक्लै दिन सक्छु भन्ने आत्मविश्वासको हामी प्रशंसा त गरौँ तर भरचाहिँ नपरौँ। भर परौँ त आ-आफ्नै सिकाइ, अनुभव र क्षमताको, स-साना तर छरिएर रहेका अभ्यास, काम, व्यक्ति र शक्तिको।

यो देखिने प्रकारको प्रवृत्तिका अलावा उस्तै खालको अर्को प्रवृत्ति नदेखिने रूपमा हामीभित्र पनि छ। युवा-सरकार, नागरकि-सरकार, कर्मचारी-सरकार वा पेसागत-सफलता पाएकाहरूको सरकारलाई शक्ति जिम्मा लगाए सबै ठीक हुन्छ भन्ने विचारका रूपमा। त्यसैले हामी फेरि होसियार हुनुपर्ने बेला आएको छ।

अझै धेरै पार्टी वा शक्ति हुनु आफैँमा नराम्रो होइन। यसले हाम्रा विकल्पहरू बढाएर फाइदै गर्छ। तर, लोकतन्त्रको प्रवर्द्धन गर्न एउटा सिन्को नभाँचेका, बरू लोकतन्त्र संस्थागत हुन नदिने र पाएसम्म मास्ने कार्यलाई नै आफ्नो पेसा बनाएका राजनीतिकर्मीलाई हामीले भन्नैपर्ने हुन्छ कि, हामीलाई चाहिएको कसैको निम्ति अझै धेरै शक्ति होइन, बरू शक्तिको अभाव हो। सक्छौ भने शक्तिबिना नै गर्न सकिने साना काम गरेर देखाऊ, नेपालका असंख्य समस्यामध्ये कुनै एउटा रोजेर आफूलाई प्रमाणित गर। तर, तिम्रो शक्तिको भोकका निम्ति हामी फेरि आफ्नो समय, अवसर र स्रोत बर्बाद गर्ने पक्षमा कदापि छैनौँ।

सबै कुराको समाधान नयाँ हुँदैन। नयाँ नयाँ भन्दै हामीले करबि करबि सबै विकल्प परीक्षण गरसिकेका छौँ। अहिलेको आवश्यकता झन् धेरै शक्ति होइन कि सकेसम्म कम शक्ति हो। हामीलाई चाहिएको केवल नयाँ होइन कि सिक्ने-सुधि्रने पद्धति हो। हामीलाई चाहिएको ठूलो होइन, सानो हो। हामीलाई चाहिएको नायक होइन कि साधारण व्यक्तिको असाधारण सुझबुझ हो। आफूले फालेका सबै तुरुपहरू परविर्तनको चाहनामा धेरै धोका खाएका नेपाली जनताले टुलुटुलु स्वीकार्छन् भन्ने सोच्नेहरूलाई दिनुपर्ने सन्देश यही हो।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s