जनादेश, मतादेश, र नेपाली बहसका नयाँ शब्दहरु


एकैपटक “मतादेश” भन्ने शब्द निकै सुन्न थालिएको छ। नेपालको सन्दर्भमा मैले यो शब्द प्रथम पटक हालैको चुनावपछि सुनेको हुँ। चुनावको नतिजा आउन शुरुगरेपछि एकजना चर्चित राजनीतिक विश्लेषकले टेलिभिजन र रेडियो कार्यक्रममा माओवादीको अप्रत्याशित नतिजालाई अर्थ्याउन यसको प्रयोग गर्नुभयो र भन्नुभयो, “जनादेश र मतादेश फरक हो।” उहाँको आशय थियो कि चुनावले जनादेश दर्शाउँदैन, केवल मतादेश दर्शाउँछ, त्यसकारण नयाँ जनादेश भन्नु उचित होइन।

विस्तारै “मतादेश” को प्रयोग बढीरहेको छ। आजको कान्तिपुर सम्पादकीयको शिर्षकमै यो शब्द परेको छ। नेपाली राजनीतिमा नयाँ र अचम्मलाग्दा शब्दहरु आविष्कार गर्ने चलन पुरानै हो। दोश्रो जनआन्दोलन पछि पटक पटक नयाँ शब्दको प्रयोग र सो द्वारा परिभाषित नयाँ अर्थतर्फ बहस डोर्याउने प्रयास भएको पाइन्छ। नयाँ शब्दको परिभाषा शब्द आविष्कार गर्नेकै हातमा रहने हुँदा अन्योलता रहने, तथ्य र तर्कभन्दा शब्द र परिभाषामै बहसहरु अल्झिरहने गरेको जस्तो मलाई लाग्छ। साथै अर्को पक्षले आफ्नना कुरा माथी पार्न प्रयोगमा ल्याएको शब्दको स्वामित्व लिन नसक्ने गरेको देखिन्छ।

अचम्म लागेर मैले एउटा सानो खोज गरेँ गुगलमा, यो मतादेश भन्ने शब्द नेपालको सन्दर्भमा अचानक यस चुनावपछि आएको हो कि पहिलेका चुनाव वा सन्दर्भहरुमा पनि प्रयोग हुन्थ्यो भनेर। मुख्य समाचार वेवसाइटहरुमा खोजी गर्दा यस्तो नतिजा पाएँ (गुगलका अनुसार):

kantipur-matadesh

  • कान्तिपुर प्रकाशनको वेवसाइट ekantipur.com मा ५ मङ्सिर २०७० अघि एकपटक पनि “मतादेश” शब्द प्रयोग भएको रहेनछ
  • नागरिकको वेवसाइट nagariknews.com मा ५ मङ्सिर २०७० अघि एकपटक पनि “मतादेश” शब्द प्रयोग भएको रहेनछ
  • अन्नपुर्ण पोष्टको वेवसाइट annapurnapost.com मा ५ मङ्सिर २०७० अघि एकपटक पनि “मतादेश” शब्द प्रयोग भएको रहेनछ
  • हिमाल खबरपत्रिकाको वेवसाइट himalkhabar.com र nepalihimal.com मा ५ मङ्सिर २०७० अघि एकपटक पनि “मतादेश” शब्द प्रयोग भएको रहेनछ
  • नयाँ पत्रिकाको वेवसाइट nayapatrika.com मा ५ मङ्सिर २०७० अघि एकपटक पनि “मतादेश” शब्द प्रयोग भएको रहेनछ
  • चर्चित ब्लग mysansar.com मा ५ मङ्सिर २०७० अघि एकपटक पनि “मतादेश” शब्द प्रयोग भएको रहेनछ
  • चुनावभन्दा २ दिन अघि onlinekhabar.com ले प्रकाशित गरेको सीके लालको अन्तरवार्ता बाहेक “मतादेश” भन्ने शब्द गुगले थाहा पाएका कुनै पनि अन्य नेपाली वेवसाइटमा प्रयोग भएका रहेनछन्। प्रयोग भएका केहि भारतीय वेवसाइटहरु पनि केहि ब्लग र शब्दकोष मात्र रहेछन्, नाम चलेका कुनै पत्रिकाको वेवसाइटमा यो शब्द भेटिएन

चुनावको परिणाम आउन थालेपछि (मङ्गशिर ५ पछि) यो शब्दको प्रयोग कस्तो रह्यो भनेर मैले खोजी गर्दा यस्तो भेटेँ:

  • कान्तिपुर प्रकाशनको वेवसाइटमा यि स्थानहरुमा “मतादेश” शब्दको प्रयोग भएको रहेछ: आजको सम्पादकीय, आज प्रकाशित निलाम्बर आचार्यको अन्तर्वार्ता, हिजो प्रकाशित विजय कुमारको लेख,र चुनावपछिको सम्कादकीय
  • नागरिकको वेवसाइटमा यो शब्द एकपटक प्रयोग भएको रहेछ: सिके लालको हिजोको लेखमा
  • यि वेवसाइटहरुमा एकपटक पनि प्रयोग भएको रहेनछ: अन्नपूर्ण पोष्ट, हिमाल खबरपत्रिका, नयाँ पत्रिका, मेरो-संसार, र अनलाइनखबर।
  • हिन्दीका कुनै वेवसाइटहरुमा यो शब्द नेपालको चुनावपछि प्रयोग भएको रहेनछ। नेपालकै अरु वेवसाइट/ब्लगहरुले माथि प्रयोग भएका सामग्री पुन: प्रकाशित गरेर बाहेक यो शब्दको प्रयोग गरेका रहेनछन्।

तुलनात्मक रुपमा “जनादेश” भन्ने शब्द यसरी प्रयोग भएको रहेछ:

  • कान्तिपुरको वेवसाइटमा कुल ३,४६० पटक
  • नागरिको वेवसाइटमा कुल ५४३ पटक
  • अन्नपूर्ण पोष्टको वेवसाइटमा ६० पटक
  • हिमाल खबरपत्रिकाका दुई वेवसाइटहरुमा २३ र २५ पटक
  • मेरोसंसार ब्लगमा ३८६ पटक र अनलाइनखबर वेवसाइटमा २१० पटक

मतादेश र जनादेशको फरक muldharnews.com मा प्रकाशित अन्तर्वार्तामा सीके लालले यसरी दिनुभएको रहेछ:

आदेश र मतादेशको बारेमा बताई दिनु होस् न ?
क्रान्तिले जनादेश स्थापित गर्छ । मतादेश आवधिक निर्वाचनबाट आउने कुरा हो । जनादेश संविधानमा क्रान्तिले निर्देशित गरेको हुन्छ । जनादेश र मतादेशको त्यो फरक बुझ्न जरुरी छ ।

त्यस्तै मतादेश शब्द प्रयोग प्रति असन्तुष्टि प्रकट गर्दै अन्नपूर्ण पोष्टमा पुरुषोत्तम दाहालले यस्तो लेख्नुभएको रहेछ:

शब्दको नकारात्मक र उत्तेजनापूर्ण खेलमा रमाउनेका आँखामा यो मात्र मतादेश हो र जनादेश होइन। यसले हिजो राजाको कदममा पैसा राखेर ढोग्नेहरूको सेवा गरेको उनीहरूको तर्क छ। एमाओवादीबाहेक अरू कुनै पनि राजनीतिक दल उनीहरूका आँखामा अग्रगामी हुनै सक्दैनन्।

कुन्द दिक्षीतले गर्नुभएको ट्विट अनुसार “जनादेश होइन, मतादेश” भन्ने भनाईलाई क्यास माओवादी पक्षको प्रतिक्रियाको रुपमा लिनुभएको रहेछ:

मंसिर ५ देखि क्यासका प्रतिक्रियाहरु क्रमश: १ “धाँधली” २ “मतगणना बहिस्कार” २ “षडयन्त्र” ३ “जनादेश हैन मतादेश” ४ “मतदातामा चेतनाको कमि”

यस हिसाबले हेर्दा मतादेश भन्ने शब्द चुनावपछि नेपाली डिस्कोर्समा प्रवेश गरिसकेको जस्तो देखिन्छ। माथिको सानो खोज अनुसार कान्तिपुरले यो डिस्कोर्सको नेतृत्व गरेको देखिन्छ भने सीके लालले यसको शुरुवात। त्यस्तै यस शब्द प्रयोग प्रति केहि असन्तुष्टि पनि रहेको बुझ्न सकिन्छ। असन्तुष्टहरुले यसलाई एउटा राजनीतिक दलको चुनाव नतिजाको बचाऊ गर्न शुरु गरिएको नयाँ शब्द-प्रयोगको रुपमा बुझेका रहेछन् भन्ने अर्थ निकाल्न सकिन्छ।

Advertisements

One thought on “जनादेश, मतादेश, र नेपाली बहसका नयाँ शब्दहरु

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s